बिहीबार, असार १९,२०८२ 07:54:05
  • बिहीबार, असार १९,२०८२ 07:54:05
Global IME Bank Limited

५० दिने मुभिङ एभरेजबाट माथि लाग्यो नेप्से, कति–कतिमा छ अबको प्रतिरोध ?

Hyundai Nepal
५० दिने मुभिङ एभरेजबाट माथि लाग्यो नेप्से, कति–कतिमा छ अबको प्रतिरोध ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता बजारमा लगातार ४ दिन बढोत्तरी आयो । बजार ४ दिन बढ्दा झण्डै एक सय अंकले बढेको छ । आज बजार बढ्दा कारोबारमा पनि सुधार आएको छ ।  

प्राबिधिक रुपमा हालको बजारलाई मुभिङ एभरेजबाट नियाल्दा हाल बजार ५० दिने मुभिङ एभरेजबाट माथि लागेको छ । यस्ता मुभिङ एभरेज रेखाहरुले घट्दो बजारमा सपोर्ट र बढ्दो बजारमा प्रतिरोध सामना गरेका हुन्छन् । बोलिङ्गर ब्याण्डबाट नियाल्दा हाल बजार अपर ब्याण्डसँगै हिड्न खोजेको देखिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

म्याक्डीमा बुलिस क्रसओभर बनेको छ भने हिस्टोग्राम सकारात्मक  र लामा–लामा हुँदै गएका छन् । आरएआई पनि आज ६० को तहबाट माथि लागेको देखिन्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा आज बजार २० दिने औषत भोल्युम भन्दा माथी आएको देखिन्छ । आज करिब २६९५ विन्दुमा बन्द भएको बजार यदि आगामी दिनमा पनि बढेको खण्डमा २७३०, २७६० र २९०० विन्दु आसपासमा प्रतिरोध सामना गर्न सक्ने छ ।

त्यसै गरि घटेमा २६००,२५८० र २४४० विन्दुमा सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागी सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.