मंगलवार, असार १०,२०८२ 06:55:25
  • मंगलवार, असार १०,२०८२ 06:55:25
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा राष्ट्रिय आधारभूत विद्यालयमा पोशाक वितरण

Hyundai Nepal
कामना सेवा विकास बैंकद्वारा राष्ट्रिय आधारभूत विद्यालयमा पोशाक वितरण
Nabil Bank Limited

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय आधारभूत विद्यालय ज्योतिनगर, चितवनका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । बैंकको नारायणगढ क्षेत्रका प्रविण बर्तौलाले विद्यालयका प्रधानाध्यापक रमाकान्त न्यौपानेको उपस्थितिमा विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गरेका हुन् । 

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानाध्यापक न्यौपानेले बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत खदौली, चितवनस्थित रहेको उक्त विद्यालयका विद्यार्थीलाई गरिएको पोशाक हस्तान्तरणले विद्यार्थीहरुलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा बोल्दै बैंकका प्रविण बर्तौलाले भरतपुर महानगरपालिकासँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । 

CG Motors
Muktinath Bikas Bank Limited

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक,शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।  

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.