मंगलवार, असार ९,२०८३ 11:27:14
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:27:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

धितोपत्र बोर्डद्वारा ६ हाइड्रोको डेढ करोड कित्ता आइपीओ निष्कासनमा रोक

Laxmi Sunrise Bank Limited
धितोपत्र बोर्डद्वारा ६ हाइड्रोको डेढ करोड कित्ता आइपीओ निष्कासनमा रोक

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ६ वटा हाइड्रोपावर कम्पनीको आइपीओ निष्कासनमा तत्कालका लागि रोक लगाएको छ । बोर्डले ६ कम्पनीको साढे एक अर्ब रुपैयाँभन्दा बढीको आइपीओ निष्कासनमा रोक लगाएको हो ।  

बोर्डले आइपीओ निष्कासनको अनुमतिको लागि पाइपलाइनमा रहेका १४ वटा कम्पनीलाई सूचीबाट हटाएको हो । जसमा ६ वटा हाइड्रो कम्पनी रहेका छन् ।  

बोर्डका अनुसार पीपीए नगरिकन प्रक्रिया अघि बढाएका र नेटवर्थ ९० भन्दा तल रहेका कम्पनीहरुका लागि हालको लागि सूचीबाट हटाइएको हो । उक्त कम्पनीहरुले ९० रुपैयाँ वा सो भन्दा बढी नेटवर्थ पुर्याएर मात्रै अर्को निवेदन दिन सकिने बोर्डले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

बोर्डले पाइपलाइनबाट हटाएका हाइड्रो कम्पनीहरुमा लाफिङ बुद्ध पावर, युनिक हाइड्रेल कम्पनी, बेनि हाइड्रोपावर, पुवा खोला वन हाइड्रोपावर, सानिमा हाइड्रोपावर र रिचेत जलविद्युत कम्पनी रहेका छन् ।  

उक्त कम्पनीहरुको नेटवर्थ ९० रुपैयाँभन्दा कम भएकाले नै पाइपलाइनबाट हटाइएको बोर्डले जनाएको छ । बोर्डका अनुसार लाफिङ बुद्ध पावरले ६५ करोड ७७ लाख रुपैयाँ बराबरको ६५ लाख ७७ हजार कित्ता आइपीओ निष्कासनको लागि अनुमति मागेको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, युनिक हाइड्रेल कम्पनीले २२ करोड रुपैयाँ बराबरको २२ लाख कित्ता, बेनि हाइड्रोले २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता, पुवा खोला वन हाइड्रोले १९ करोड ४६ लाख ६६ हजार रुपैयाँ बराबरको १९ लाख ४६ हजार ६६० कित्ता, सानिमा हाइड्रोले १४ करोड ७० लाख रुपैयाँ बराबरको १४ लाख ७० हजार कित्ता र रिचेत जलविद्युत कम्पनीले ११ करोेड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ४५० कित्ता आइपीओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेका थिए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.