हाईड्रो कम्पनीहरुको हकप्रद निष्कासनमा थप कडाइ गर्दै विद्युत नियमन आयोग
काठमाण्डौ । विद्युत नियमन आयोगले जलविद्युत कम्पनीहरुलाई हकप्रद निष्कासनमा थप कडाई गर्ने बताएको छ । विद्युत नियमन आयोगका अध्यक्ष राम प्रसाद धितालले आज दोस्रो बजारका विभिन्न लगानीकर्ता संघका पदाधिकारीहरुसँग छलफलको क्रममा यस्तो बताएका हुन् । उक्त अवसरमा धितालले प्राविधिक पक्ष नियालेर ५० प्रतिशत प्रोजेक्ट निर्माण कार्य सम्पन्न गरेको कम्पनीहरुलाई आवश्यककताका आधारमा...