काठमाण्डौ । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब ५५ अर्ब ९४ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यो नाफा भएर डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपिजी(, एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।
चालु आवमा भएको पेट्रोलियम पदार्थको आयात गत आवको सोही अवधिको तुलनामा ०.८६ प्रतिशतले कम हो । गत आवको १० महिनामा विरगञ्ज नाफामार्फत १ अर्ब ३५ करोड रकमबराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो ।
चालु आवको आयातमा गिरावट आएपनि राजश्वमा भने उल्लेखनीय वृद्धि भएको छ । चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले ६४ अर्ब ५० करोड रकम राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थ आयातबाट ५८ अर्ब ४८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थबाट सङ्कलन हुने राजस्व १०.३१ प्रतिशतले वृद्धि भएको हो ।