काठमाण्डौ । सामसुङले तीनपटकसम्म फोल्ड गर्न मिल्ने फोन ल्याउने तयारी गरेको छ । यो फोनलाई ‘ट्राई फोल्ड’ भनिन्छ ।
यस्तै प्रकारको फोनलाई यसअघि हुवावेले मेट एक्सटी अल्टिमेट को नामका साथ पेश गरेको थियो । अब सामसुङ पनि यो दौडमा थपिने भएको छ । सामसुङले आफ्नो यो फोनमा ड्युअल हिंज डिजाइन उपलब्ध गराउने भएको छ । जसको सहयोगले यो फोन दुईपटकसम्म फोल्ड हुनेछ । दुईपटक फोल्ड भएर खुलेसँगै यो फोनबाट ट्याबलेटको साइजमा परिवर्तन हुनेछ ।
यो फोन कहिले लञ्च हुन्छ भन्नेबारे कम्पनीले केही पनि आधिकारीक जानकारी खुलाएको छैन । तर बजारमा यो फोन सन् २०२५को तेस्रो त्रैमाससम्म लञ्च हुन सक्ने जनाइएको छ । यसप्रकार यो फोन आगामी सेप्टेम्बरको अन्त्यसम्म लञ्च हुनसक्ने सम्भावना रहेको छ । यसअघि कम्पनीले आफ्नो ट्राईफोल्ड फोनलाई जेट सिरिजको सातौं जेनेरेशन लञ्च पश्चात बजारमा ल्याउन सक्ने खबर बाहिरिएको थियो ।
यो फोनको उत्पादन एकदमै सीमित संख्यामा हुने जनाइएको छ । सर्वप्रथम यो फोन दक्षिण कोरियामा उपलब्ध हुनेछ । मूल्यको आधारमा यो फोनको मूल्य सामसुङ वा एप्पलको प्रिमियम फोनको मूल्यभन्दा बढी हुने जनाइएको छ ।