काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि कुल ५४ हजार ४६४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कुल सेयर संख्यामा २० हजार ५ सय कित्ता आम सर्वसाधारणका लागि र ३३ हजार ९६४ कित्ता संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको छ ।
सर्वसाधारणका लागि बिक्रीमा राखिएको सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ । यस्तै संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको सेयर खरिदका लागि पनि ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ ।
संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ तोकिएको छ ।