बुधबार, असार १०,२०८३ 01:38:22
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:38:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनएलजी इन्स्योरेन्सको साधारण सभा आज, लाभांशको प्रस्ताव पारित हुने

Laxmi Sunrise Bank Limited
एनएलजी इन्स्योरेन्सको साधारण सभा आज, लाभांशको प्रस्ताव पारित हुने

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औँ वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा आज काठमाण्डौ बालुवाटारमा रहेको आम्रपाली ब्याङक्वेटमा आयोजना हुन लागेको हो ।  

उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित २.५० प्रतिशत बोनस सेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै बोनस सेयर वितरणपश्चात कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने,कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा समिति वा अन्य कुनै नियमनकारी निकायबाट फेरबदल वा संसोधन गर्न निर्देशन भएमा सो बमोजिम कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र कम्पनीको स्वतन्त्र सञ्चालकको नियुक्तलाई अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ।  

New Office
CG Motors
Garima Development Bank

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसका साथै आव २०८०/८१ को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले गत जेठ २२ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ जेठ २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.