काठमाण्डौ । इजरायलले इरानमाथि आक्रमण गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उछाल आएको छ । आज कच्चा तेलको मूल्य करिब १० प्रतिशतले बढेको छ ।
यो समाचार तयार पार्दासम्म डब्लुटीआई क्रुडको मूल्य ९.३० प्रतिशत अर्थात ६.३३ डलरले बढेको छ । यसँगै डब्लुटीआई क्रुडको कारोबार प्रतिब्यारेल ७४.६९ डलर पुगेको छ ।
यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि ९.७६ प्रतिशत अर्थात ६.७७ डलरले बढ्दै प्रतिब्यारेल ७६.१३ डलर कायम भएको छ ।
इजरायलले इरानमाथि आक्रमण गरेसँगै तेलको मुख्य उत्पादन केन्द्र मध्यपूर्व क्षेत्रमा अनिश्चितता बढ्ने आँकलनका साथ कच्चा तेलको मूल्यमा उछाल आएको विश्लेषकहरुले बताएका छन् ।