काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले थप ३६ वटा देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । गत जुन ४ मा ट्रम्पले १२ वटा देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाउने आदेशमा हस्ताक्षर गरेका थिए ।
ह्वाइट हाउसले अमेरिकाको राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै आतंककारीहरुबाट जोगाउन यो आवश्यक रहेको बताएका छ । दोस्रो चरणमा अमेरिकाले अंगोला, एन्टीगुवा एण्ड बारबुडा, बेनिन, भुटान, बुर्किना फासो,काबो भेडे,कम्बोडिया,क्यामरुन,आईभरी कोस्ट, कंगो,डिजीबोटी,डोमिनिका, इजिप्ट, गाबोन, गाम्बिया, घाना, किर्गिस्तान, लाईबेरिया,मालावी,मौरीतानिया, नाइजर, नाइजेरिया, सेन्ट किट एण्ड नेभिस,सेन्ट लुसिया,साओ तोम एण्ड प्रिन्सिपी, सेनेगल, दक्षिण सुडान,सिरिया, तान्जानिया,टोङ्गो,टुभालु,युगाण्डा,भानुता,जाम्बिया र जिम्बाबे रहेका छन् ।
मार्को रुबियोले हस्ताक्षर गरेको आन्तरिक कूटनीतिक केबलमा, राज्य विभागले ६० दिन भित्र स्थापित बेन्चमार्क र आवश्यकताहरू पूरा नगरेमा प्रवेश पूर्ण वा आंशिक निलम्बनको लागि सिफारिस गर्न सक्ने ३६ वटा देशहरू पहिचान गरेको छ। मेमोमा उल्लेख गरिएका अन्य मुद्दाहरूमा कमजोर राहदानी सुरक्षा, भिसाभन्दा बढी बसेका नागरिकहरू, निर्वासनका मुद्दाहरूमा मद्दतको अभाव, र आतंकवादी, सेमेटिक वा अमेरिका विरोधी गतिविधिहरूमा केही नागरिकहरूको संलग्नता समावेश छन्।
यसअघि अमेरिकाले अफगानिस्तान,म्यानमार,चाड,कंगो,ग्युनिया,इटेरिया,हाईटी, इरान,लिबिया,सोमालिया,सुडान र यमन जस्ता देशका नागरिकमाथि प्रतिबन्ध लगाएको थियो ।