काठमाण्डौ । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाको सेयरमूल्यले नयाँ रेकर्ड कायम गरेको छ । कम्पनीको सेयरमूल्य ४ प्रतिशतभन्दा बढीले बढ्दै हालसम्मकै उच्च कायम भएको हो ।
यो वृद्धिसँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता १५४.३१ डलर कायम भएको छ । यसअघि कम्पनीको उच्च मूल्य प्रतिकित्ता १४९.४३ डलर कायम थियो । यससँगै एनभिडिया बजार पूँजीकरणको हिसाबले विश्वकै सबैभन्दा मूल्यवान कम्पनी समेत बनेको छ । कम्पनीको बजार पूँजीकरण ७.७ ट्रिलियन डलर पुगेको छ । कम्पनीले माइक्रोसफ्टलाई पछि पार्दै यो सफलता हात पारेको हो ।
३ ट्रिलियन डलरबराबरको बजार पूँजीकरण भएको आईफोन निर्माता कम्पनी एप्पल तेस्रो स्थानमा रहेको छ ।
ग्राफिक्स प्रोसेसिङ युनिट वा जीपीयुमा एनभिडिया शीर्ष नेतृत्वकर्ताको रुपमा रहेको छ ।