काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सुनसरीस्थित खनार शाखा कार्यालयले गरिव समुदायका १० जनालाई सिटी सफारी बितरण गरेको छ । कम्पनीले असार २० गते बेरोजगार गरिव समुदायका १० जनालाई सिटी सफारी बितरण गरेको हो ।
ज्याला मजदुरी गरी हातमुख जोर्न समस्या रहेको, दैनिक रुपमा समेत काम नपाउने, एकजनाको कमाईले परिवार चलाउनु आर्थिक रुपमा एकदमै कमजोर युवाहरुलाई लक्षित गरी सहुलियत ब्याजदरमा तिर्ने गरी सफारी दिइएको कम्पनीले जनाएको छ ।
उक्त सफारी हस्तान्तरण एक कार्यक्रमका बीचमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गणपति पिजी. एण्ड सप्लायर्स कम्पनी बिराटनगरसँग खरिद गरी उनीहरुलाई तालिम समेत प्रदान गरी हस्तान्तरण गरेको हो । प्रति सफारी रु. २ लाख ६५ हजार खरिद मुल्य रहेको संस्थाले जनाएको छ ।
सफारी बितरण कार्यक्रममा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थालि.काकर्जा बिभाग प्रमुख बचनकुमार चौधरी,शाखा कार्यालय खनारका शाखा प्रमुख सिमला कुमारी चौधरीबाट संयुक्त रुपमा ग्राहकहरुलाई हस्तान्रण गरिएको थियो ।
यस कार्यले बेरोजगारीहरुलाई स्वरोजगार बनाउनुका साथै परिवार चलाउन सहज हुने र आर्थिक रुपमा सुधार हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । कम्पनीले प्रबिन चौधरी, कारी लालचौधरी, खातुन बेगम, धनिद्र मगर, तुलाराम चौधरी, मनिराज मगर, श्यामकरण ऋषिदेव, हुसैन आलम मिया, फरिदा खातुन र मो. सजादलगायतका बेरोजगार, गरिवी तथा विपन्न समुदायका व्यक्तिहरुलाई उक्त सहयोग प्रदान गरेको हो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                         
                                        .jpg) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                