बुधबार, असार १०,२०८३ 03:16:40
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:16:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीमा पेशाप्रति इमान्दार बन्न र व्यवसाय दिगो हुनेगरी काम गर्न अध्यक्ष ओझाको निर्देशन

Laxmi Sunrise Bank Limited
बीमा पेशाप्रति इमान्दार बन्न र व्यवसाय दिगो हुनेगरी काम गर्न अध्यक्ष ओझाको निर्देशन

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा पेशाप्रति इमान्दार बन्न र बीमा व्यवसाय दिगो हुनेगरी काम गर्न बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

नेपाल बीमा प्राधिकरणद्वारा आज विराटनगरमा कोशी प्रदेशस्थित बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूसँग आयोजित छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले बीमा पेशाका राम्रा र नराम्रा पक्षहरू पहिचान गरी राम्रा पक्षलाई मात्र अगाडि बढाउन निर्देशन दिएका हुन् ।

अध्यक्ष ओझाले बीमा ऐन, नियम र निर्देशिका बमोजिम व्यवसाय गर्न, सही रूपमा जोखिमाङ्कन गर्न र बजारमा नकारात्मक सन्देश जानेगरी काम नगर्न बीमकहरूलाई निर्देशन दिनुहुँदै ऐन, नियम र निर्देशिका विपरित गएमा कारवाही हुने बताए ।

बीमा व्यवसायको महत्व अरूले नभई बीमकहरूले नै बढाउने हो भन्दै अध्यक्ष ओझाले बीमकले बीमालेख जारी गर्दा सही जानकारी दिएमा दाबी भुक्तानीमा समस्या नआउने बताए ।

New Office
CG Motors
Garima Development Bank

अध्यक्ष ओझाले भने, ‘नागरिकले बीमा गरेपछि दाबी भुक्तानी पाउनुपर्छ, कर्मचारीको क्षमता अभिवृद्धिसँगै इमान्दारिता आवश्यक छ ।’

नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले बीमा कम्पनीहरूले सुशासन पालना नगरी रेट कटिङ गरेमा कारवाही हुने उल्लेख गर्दै कम्पनीहरू स्वनियममा बसेर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा सहभागीहरूले बीमकका प्रादेशिक कार्यालयहरूलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने, प्रदेशमा सङ्कलन भएको प्रिमियमको निश्चित प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्बन्धित प्रदेशमा नै खर्च गर्नुपर्ने, कर्मचारीहरूका लागि तालिमको व्यवस्था गर्नुपर्ने, शाखा कार्यालय स्थापना गर्दा मापदण्ड अनुसार हुनुपर्ने, विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा बीमा विषयलाई समावेश गर्न पहल गर्नुपर्ने लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्राधिकरणको कोशी प्रदेश कार्यालयका प्रमुख विनोद पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरू, इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटीका पदाधिकारीहरू र बीमा मध्यस्थकर्ताहरूको सहभागिता रहेको  थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.