मंगलवार, असार २४,२०८२ 03:45:36
  • मंगलवार, असार २४,२०८२ 03:45:36
Global IME Bank Limited

भोटेकोसी बाढीमा १८ जना बेपत्ता, ९ जनाको उद्धार

Hyundai Nepal
भोटेकोसी बाढीमा १८ जना बेपत्ता, ९ जनाको उद्धार
Nabil Bank Limited

काठमाण्डौ । आज बिहान भोटेकोसी नदीमा आएको बाढीमा परी १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ९ नेपाली ६ चिनियाँ नागरिक र ३ प्रहरी रहेका छन् ।  

बाढीमा फसेका ९ जनाको भने उद्धार गरिएको छ । अन्यको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । मंगलबार बिहान आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको थियो । यसका साथै बाढीले रसुवागढी सुख्खा बन्दरगाहमा समेत क्षति पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बाढीका कारण बन्दरगाहमा जाँचपासका लागि राखिएका ईभी गाडीहरु बगाएको छ । बाढीले रसुवागढी जलविद्युत आयोजनाको ड्याममा पनि क्षति पुगेको छ ।  

भोटेकोसीमा  सोमबारदेखि नै सानो बाढी आएपनि आज बिहान एक्कासी ठूलो बाढी आउदा ठूलो क्षति पुगेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.