काठमाण्डौ । गुगलले एन्ड्रोइड र क्रोमओएसलाई मर्ज गर्ने योजना बनाएको छ । जसपश्चात प्रयोगकर्ताहरुले एउटा नयाँ प्लेटफर्म प्राप्त गर्नेछन् ।
यो एउटा शक्तिशाली सिंगल अपरेटिङ सिस्टम हुनेछ । जानकारीका अनुसार एन्ड्रोइड इकोसिस्टमका प्रेसिडेन्ट समिर सामतले क्रोम ओएस र एन्ड्रोइडको विशेषतालाई एउटै प्लेटफर्ममा समावेश गर्ने बताएका छन् ।
यसका लागि एउटा नयाँ अपरेटिङ सिस्टम तयार गरिनेछ । तर यसका लागि कुनै टाइमलाइन भने दिइएको छैन ।
क्रोम ओएस र एन्ड्रोइड दुवै प्लेटफर्म मर्ज भयो भने प्रयोगकर्ताहरुलाई धेरैनै फाइदा हुने जनाइएको छ । यो मर्जरका माध्यमबाट प्रयोगकर्ताले मोबाइल, ट्याबलेट र क्रोमबुक प्रयोग गर्ने एउटा अनुभव लिन सक्छन् ।