Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

ढुवानी व्यवसायी महासंघको छैठौं महाधिवेशन चैत ३ गते हुने

Global IME Bank Limited
ढुवानी व्यवसायी महासंघको छैठौं  महाधिवेशन  चैत ३ गते हुने
Nabil Bank Limited

काठमाण्डौ । देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभा आगामी चैत ३ गते काठमाण्डौस्थित होटल दुसित प्रीन्सेस लाजिम्पाटमा हुने भएको छ । साधारण सभाको उद्घाटन कानून,न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिको प्रमुख आतिथ्यथामा हुने महासंघका महासचिव अरुण कुमार श्रेष्ठले बताए ।

महाधिवेशन तथा वार्षिक साधारणसभामा देशभरबाट तीन सय भन्दा ढुवानी व्यवसायी तथा प्रतिनिधिहरुको सहभागीता रहने र कार्यक्रमको सम्पूर्ण तयारी अहिले अन्तिम चरणमा पुगेको महासचिव श्रेष्ठले जानकारी दिए।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

राष्ट्र निर्माणको आधार ,सुरक्षित  ढुवानी समृद्ध व्यापार भन्ने नारालाई आत्मसात गरेर देशभरका ढुवानी व्यवसायीहरुलाई एकीकृत गर्ने र व्यवसायीहरुको समस्याका साथै  हकहित  संरक्षण गर्ने उद्देश्यका साथ २०६५ सालमा ढुवानी व्यवसायी महासंघ नेपालको स्थापना भएको हो अहिले महासघका १८ वटा स्थानीय सस्थाहरु समेत आवद्ध रहेका छन् ।

महाधिवेशन  तथा साधारणसभाबाट ढुवानी व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ ।

 छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभामा देशभरबाट ढुवानी व्यवसायीहरुका साथै अन्य संघ सस्थाका प्रतिनिधि उद्योगी व्यवसायीहरुको समेत  सहभागीता रहने महासंघले जनाएको छ। साथै वार्षिक साधारणसभामा ढुवानी व्यवसायी महासंघ र गण्डकी विश्वविद्यालय बीच ढुवानी क्षेत्रको सम्भावना समस्या र समस्या समाधानका लागि अध्यननका गर्ने सम्झौता पत्रमा हस्ताक्षर पनि हुनेछ ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.