बुधबार, असार १०,२०८३ 08:13:40
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:13:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

Laxmi Sunrise Bank Limited
आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ (National Best Presented Annual Report Award –NBPA –२०२४) प्राप्त गरेको छ ।  

नेपाल चार्टर्ड एकाउन्टेट्स संस्था (आइक्यान)ले शुक्रबार होटल र्याडिसनमा आयोजना गरेको एक कार्यक्रमका बीच महालेखापरीक्षक तोयम रायाबाट सो अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले संयुक्त रुपमा ग्रहण गरे । कम्पनीलाई जीवन बीमातर्फको विधामा सिल्भर अवार्ड प्रदान गरिएको हो ।  

New Office
CG Motors
Garima Development Bank

जीवन बीमा समुहमा नेपाल लाइफ इन्स्योरेन्सको आव २०८०/८१ को वार्षिक वित्तिय प्रतिवेदन  उत्कृष्ट रहेकोले सो अवार्ड प्रदान गरिएको आईक्यानले जनाएको छ । जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स यो अवार्ड प्राप्त गर्ने पहिलो कम्पनी हो । यस अवार्डले यस कम्पनीको वित्तीय प्रतिवेदन उत्कृष्ट रहेको, खुलासाहरु पर्याप्त रहेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूलाई शिरोधार्य गर्दै वित्तीय प्रतिवेदन तयार गरेको, वित्तीय पारदर्शिता जवाफदेहिता र संस्थागत सुशासन लाई मध्यनजर गर्दै चुस्त र दुरुस्त रुपमा कार्यसम्पादन गर्दै आएको झल्काउने कम्पनीले जनाएको छ ।  

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले यो अवार्ड प्राप्त गर्दा गौरवान्वित भएको साथै यस बाट अझ राम्रो गर्दै जानुपर्ने  जिम्मेवारी थपिएको बताए ।  

प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्ने बीमितहरु, कम्पनीको मेरुदण्डको रूपमा रहेका अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, सेयरधनी, नियामक निकायहरू तथा  सहयोग गर्नुहुने अन्य सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरे ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.