काठमाण्डौ । कालिका लघुवित्तले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले यो अवधिसम्म १० करोड ८० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३६.४२ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ७ करोड ९२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । संस्थाले चौथो त्रैमाससम्म ३८ करोड १० लाख रुैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवमा संस्थाले आर्जन गरेको २५ करोड ३५ लाखको तुलनामा ५०.२९ प्रतिशतले बढी हो ।
संस्थाले ४८ लाख २४ हजा्र रुपैयाँबराबरको अन्य सञ्चालन आम्दानी गरेको छ ।
संस्थाको खुद सञ्चालन आम्दानी ४३ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन खर्च २५.१९ प्रतिशतले बढेर २८ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।
४० करोड ७६ लाख रुपैयाँ चुक्तापूँजी भएको संस्थाको रिटेन्ड अर्निङ ६ करोड ४० लाख रुपैयाँ र रिजर्भ २८ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।
संस्थाको निक्षेप संकलन १ अर्ब ६४ करोड र कर्जा प्रवाह ४ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवसम्म ३.७९ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.६७ प्रतिशत कायम भएको छ ।
समीक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ६ करोड १९ लाख र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १५.१९ रुपैयाँ रहेको छ ।
यस्तै संस्थाको प्रतिसेयर आम्दानी २६.५१ रुपैयाँ रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८६.४४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३९.९६ गुणा,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २९८.९३ रुपैयाँ र तरलता अनुपात १०.२५ प्रतिशत रहेको छ ।