काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनलाई राज्यको दर्जा दिने क्यानाडाको योजनालाई अमेरिका–क्यानडा व्यापार सम्झौताका लागि खतरा भएको बताए । फ्रान्स र बेलायतपछि क्यानडाले पनि प्यालेस्टाइनलाई राष्ट्रिय दर्जा दिने योजना बनाएको छ ।
‘यसले हामीलाई क्यानडासँग व्यापार सम्झौता गर्न धेरै गाह्रो बनाउनेछ।’ राष्ट्रपति ट्रम्पले बिहीबार सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका थिए।
राष्ट्रपति ट्रम्पले अमेरिकासँग व्यापार सम्झौता गर्न धेरै देशहरूलाई अगस्ट १ सम्मको समयसीमा तोकेका छन्। यो समयसीमाभित्र कुनै पनि देशले अमेरिकासँग व्यापार सम्झौता नगरे उच्च करको सामना गर्नुपर्ने उनको भनाइ छ ।
यसअघि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सेप्टेम्बरमा क्यानडाले प्यालेस्टाइनलाई राज्यको दर्जा दिने योजना बनाएको बताएका थिए । कार्नीका अनुसार यो कदम प्रजातान्त्रिक सुधारहरूमा निर्भर गर्नेछ र यसमा प्यालेस्टिनी प्राधिकरणले हमासको सहभागिता बिना अर्को वर्ष चुनाव गराउने समावेश गर्दछ।