शुक्रबार, श्रावण २३,२०८२ 05:54:16
  • शुक्रबार, श्रावण २३,२०८२ 05:54:16
Global IME Bank Limited

मेरोमाइक्रोफाइनान्सको नाफामा सामान्य सुधार, वितरणयोग्य मुनाफा ११.३१ करोड

Hyundai Nepal
मेरोमाइक्रोफाइनान्सको नाफामा सामान्य सुधार, वितरणयोग्य मुनाफा ११.३१ करोड
Shivam Cement

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सामान्य सुधार आएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म २१ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४८.२९ प्रतिशतले धेरै हो ।  

अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले १४ करोड ५७ लाख खुद नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी १९.१३ प्रतिशतले बढेको छ । संस्थाले १ अर्ब ५ करोड रुपैयाँबराबरकाके खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी भने ९ करोड ९५ लाखबाट बढेर १० करोड ७ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी १ अर्ब ३ करोड र सञ्चालन खर्च ७० करोड ४१ लाख रुपैयाँ रहेको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

अघिल्लो आवमा १० करोड ७१ लाख रुपैयाँ धनात्मक रहेको संस्थाको रिटेन्ड अर्निङ ११ करोड ३१ लाख पुगेको छ । संस्थाको रिजर्भको आकार पनि ६१ करोड ६७ लाखबाट बढेर ७१ करोड १४ लाख पुगेको छ ।  

३ अर्ब ९८ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले १५ अर्ब १ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात ८.२३ प्रतिशतबाट बढेर ९.९९ प्रतिशत पुगेको छ । इम्पेयरमेन्ट चार्जका लागि संस्थाले ११ करोड ७३ लाख रुपैयाँको व्यवस्था गरेको छ ।  

यस्तै संस्थाको वितरणयोग्य मुनाफा ११ करोड ३१ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता ७.४७ प्रतिशत रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१५.२३ रुपैयाँ,प्रतिसेयर  नेटवर्थ १५८.११ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ९३.८४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५५.५९ गुणा र तरलता अनुपात १.६९ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.