मंगलवार, असार ९,२०८३ 07:30:10
Bizshala
  • मंगलवार, असार ९,२०८३ 07:30:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजार बन्द भएकोमा लगानीकर्ताको गुनासो : ‘नेपाल स्टक एक्सचेञ्ज कि काठमाण्डौ स्टक एक्सचेञ्ज ?’

Laxmi Sunrise Bank Limited
सेयरबजार बन्द भएकोमा लगानीकर्ताको गुनासो : ‘नेपाल स्टक एक्सचेञ्ज कि काठमाण्डौ स्टक एक्सचेञ्ज ?’

काठमाण्डौं । हामीले साताको पहिलो दिन नियमित रुपमा ‘ग्राउण्ड जिरो’ नामक स्तम्भ पकिस्दै आएका छौं । तर आज गाईजात्राको अवसरमा सेयर बजार बन्द रहेकाले ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताको मनोविज्ञान बुझ्ने कार्यलाई निरन्तरता दिन हामी असमर्थ छौं । यद्यपी आज हामीले सामाजिक सञ्जालहरुमा लगानीकर्ताले पोखेका अभिव्यक्ति र विचारहरु पस्किने निधो गरेका छौं ।  

आज बजार बन्द रहेका कारण लगानीकर्ताहरु फुर्सदिला देखन्छन् । आज सामाजिक सञ्जालमा लगानीकर्ताहरुले अहिले प्रकाशन भईरहेको विभिन्न कम्पनीहरुको चौंथो त्रैमासिक प्रतिवेदनको चर्चा सुन्न पाइन्छ । बजार ३२ सय कट्छ भनेर ठोकुवा गर्ने केही विज्ञहरु बजार घट्दा भने हराउने गरेको समेत लगानीकर्ताले गुनासो गरेका छन् ।  

आज गाइजात्राको कारण बजार बन्द भएपछि एक लगानीकर्ता कोरियाबाट व्यङग्यात्मक रुपमा क्लबहाउसमा प्रश्न गर्छन्, ‘काठमाण्डौ बिदा हुँदा पुरै देश भर सेयर बजार बन्द हुने, यो नेपाल स्टक एक्सचेञ्ज हो कि काठमाण्डौ स्टक एक्सचेञ्ज हो साथीहरु ?’ उनलाई जबाफ दिँदै एक लगानीकर्ता भन्छन्  ‘आजलाई काठमाण्डौ स्टक एक्सचेञ्ज नै भयो साथीहरु । काठमाण्डौमा आज बैंक, वित्तीय संस्था सबै बिदा छ ।’  

क्लबहाउसमा नै एक लगानीकर्ता भन्छन् ‘बजार ३२ सय कट्छ भनेर बिज्ञ फरार भए नि !’ उनलाई जबाफ पर्काउँदै एक लगानीकर्ता भन्छन् ‘ हामीलाई फसाएर अहिले कतार तिर उँट् चढेर हिंडेका छन् । कुरा सुन्नु अरुको निर्णय लिन्नु आफ्नो हो नी । हामी पनि अरुले भनेको भरमा नै उचालिनु हुन्छ त ? यहाँ खेलाडीका अनेक तरिका हुन्छन् ।’  

New Office
CG Motors
Garima Development Bank

एक लगानीकर्ताले भने एशियन लाइफको सेयरमूल्य नबढेकोमा गुनासो गरे । बजारमा एकिन गरेर कसैले पनि भन्न नसक्ने  भन्दै उनलाई एक लगानीकर्ताले सान्त्वना दिए । ‘अघिल्लो पटक संस्थापकले १ हजारमा बेचेको एचडिएलको सेयर भाउ ८ हजारसम्म पुग्यो । सेयर बजारमा यस्तै हुन्छ भन्ने हुन्न साथी,’ उनले भने ।  

यतिकैमा क्लबहाउसमा एआईले तयार पारेको सेयर बजार सम्बन्धित गीत बज्न थाल्छ, ‘घाटामा आफै बेचिन्छु नाफामा त सपना नै बेचिदिन्छु । एक दिन कमाएको सपनाले एक महिना रमाउछु । बिज्ञहरु भन्छन दीर्घकालीन सोच राख, तर मेरो मन त खरखरे खेल्ने नै हो.। लामो बिदामा जीवन नै हुन्छ सुस्त, बजार खुले पछि मात्रै मस्त... । सुतेको बेला पनि दीमाखमा क्याण्डल बन्छ । सपनामा नै सेयर बजार कहिले बढ्छ कहिले घट्छ ।  मध्य रातमा पनि गीत बझ्छ कानमा , खरखरे खेलेर शान्ति छैन मनमा , सर्किट लागोस् है मेरो स्टकमा .... करोडपति बन्छु  एकै पटकमा ........। घट्यो भनेर नआत्तिय साथी हो मान्छे र सेयर बजार जाने माथी नै हो ।’  

यतिकैमा गीत बज्न रोकिन्छ । एक लगानीकर्ताले लामो सास फेर्दै भन्छन् ‘यो गीत बबाल छ कसले बनायो साथी हो । यो गीत त साह्रै चित्त बुज्दो छ । यो त युट्युबमा ट्रेन्डिङ नै हुन्छ होला । उनलाई जबाफ दिँदै एक लगानीकर्ताले भने, ‘एआइले बनाएको गीत हो । अपलोड नहुन पनि सक्छ ।’

केही लगानीकर्ताले भने बजार ३२ सय कटाउन ‘हवन पूजा’ गरेको पनि चर्चा गरे । आज सामाजिक सञ्जालमा लगानीकर्ताहरुमा ३ हजार पुगेर खसेको बजार अब के होला र कम्पनीहरुको चौथो त्रैमासिक रिपोर्टको प्रभाव बजारमा कस्तो पर्ला भनेर जिज्ञाशा राखेको सुनियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.