मंगलवार, असार १६,२०८३ 10:29:38
Bizshala
  • मंगलवार, असार १६,२०८३ 10:29:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिटिजन्स बैंकको ‘मधेश लिडरसिप्ः ड्राइभिङ्ग पर्फरमेन्स एण्ड अचिभिङ गोल्श’ सम्बन्धी सेमिनार सम्पन्न

Laxmi Sunrise Bank Limited
सिटिजन्स बैंकको ‘मधेश लिडरसिप्ः ड्राइभिङ्ग पर्फरमेन्स एण्ड अचिभिङ गोल्श’ सम्बन्धी सेमिनार सम्पन्न

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘मधेश लिडरसिप्ः ड्राइभिङ्ग पर्फरमेन्स एण्ड अचिभिङ गोल्श’सम्बन्धी सेमिनार आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल ,उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न भएको छ ।  

सेमिनारमा चालु आर्थिक वर्षका स्थानीय प्राथमिकताहरूमा सहमति जुटाउँदै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तर्दृष्टि आदान–प्रदान भएकोे बैंकले जनाएको छ । मधेश केन्द्रित भएको यो कार्यक्रम जस्तै अन्य प्रदेशमा पनि प्रदेश स्तरमा कार्यक्रम गरिने योजना बैंकले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुदब्याजअ ाम्दानी जस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ ।

अवधिभरमा बैंककोे कर्जा प्रवाह ११.१५ प्रतिशतले बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यस अघि २०८०/८१ को असार मसान्तमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो । निक्षेप संकलनमा पनि ११.६९ प्रतिशतको वृद्धि भएको छ, जसले कुल २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँको निक्षेप संकलन पुर्याएको छ । 

यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी हो । खुद व्याज आम्दानीमा ११.२० प्रतिशतको वृद्धि हुँदै यो रकम ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशत रहेको छ, जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ । यस अवधिमा सम्पत्ति प्रतिफल दर (आरओए) ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर (आरओई) ५.८१ प्रतिशत कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.