• मंगलवार, श्रावण २७,२०८२ 10:26:14
Global IME Bank Limited

नेपालको आईआरजीडीडी र स्पेनी चेम्बर अफ कमर्सबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने विषयमा छलफल

Hyundai Nepal
नेपालको आईआरजीडीडी र स्पेनी चेम्बर अफ कमर्सबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने विषयमा छलफल
Shivam Cement

काठमाण्डौ । नेपालको इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र स्पेनी चेम्बर अफ कमर्सबीच दुई देशबीच विभिन्न क्षेत्रमा पारस्परिक लाभ प्रवद्र्धन गर्ने विषयमा छलफल भएको छ। आईआरजीडीडीकी अध्यक्ष डा. शर्मिला पराजुली ढकाल मंगलबार विशालनगरस्थित आईआरजीडीडीको कार्यालयमा स्पेनी चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलाडा रियाराइरेनेबीच द्धिपक्षीय छलफल भएको हो।

स्पेन र ओमानका लागि पूर्वराजदूत डा. ढकाल र रियाराइरेनेले दुई देशको हितका लागि व्यापार प्रवद्र्धन, लगानी सहजीकरण, डिजिटल अर्थतन्त्र, पर्यटन र सांस्कृतिक कूटनीति, शिक्षा र सीप विकास, ज्ञान आदानप्रदान र थप विषयमा कुराकानी गरेका हुन्।

Shivam Cement
Muktinath Bikas Bank Limited

उक्त अवशरमा डा. ढकाल र महानिर्देशक रियाराइरेनेको साथै आईआरजीडीडीका कालीप्रसाद पोखरेल र विमल ढकालको पनि उपस्थिती रहेको थियो।

आईआरजीडीडी नेपालमा रहेको एक स्वतन्त्र, गैर–पक्षीय, र गैर–नाफामुखी थिंक ट्याङ्क हो।यो संस्थ बृहत रुपमा विश्वव्यापी मामिलाको विश्लेषण र रणनीतिक सल्लाहमार्फत नवप्रवर्तनलाई बढावा दिन समर्पित रहेको छ । यसले सरोकारवालाहरूलाई सशक्त बनाउन मद्दत गर्दछ। साथै, आईआरजीडीडीले विविध विशेषज्ञता, वास्तविक–विश्व अनुभव, नीति विकास, सार्वजनिक मामिला अन्तर्दृष्टि, कठोर वैज्ञानिक अनुसन्धान, र प्रभावकारी रणनीतिक व्यवस्थापनलाई प्रभावकारी समाधानहरू प्रदान गर्न एकीकृत रुपमा काम गर्दछ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.