IME remit
  • बिहीबार, श्रावण २९,२०८२ 12:11:08
IME remit
Global IME Bank Limited

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कमायो रु.४०.३२ करोड नाफा, प्रिमियम २ अर्ब

Hyundai Nepal
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कमायो रु.४०.३२ करोड नाफा, प्रिमियम २ अर्ब
Shivam Cement

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले गत आवमा ४० करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो आवको तुलनामा १२.५३ प्रतिशतले घटेको छ । अघिल्लो आवमा कम्पनीले ४६ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफा घटेपनि कम्पनीको व्यवसाय भने २२.८६ प्रतिशतले बृद्धि भएको छ ।

अघिल्लो आवमा १ अर्ब ७२ करोड २ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको सलिकोले गत आवमा भने २ अर्ब ११ करोड ३५ लाख रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ । सो अवधिसम्म कम्पनीको बीमा कोष ४.१३ प्रतिशतले बढेर ६ अर्ब ८८ करोड ५२ लाख रुपैयाँ कोषमा संचित रहेको छ । कम्पनीले व्यवसाय र बीमा कोषको आकार बढाएपनि आम्दानी खुम्चिदा नाफा घट्न पुगेको हो ।

Shivam Cement
Muktinath Bikas Bank Limited

आव २०८०–८२ मा लगानीबाट ४७ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको यो कम्पनीले गत आवमा ३४ करोड २४ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । यसर्थ कम्पनीको आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा २८.६४ प्रतिशत घट्न पुगेको छ । कम्पनीले सो अवधिसम्म ३ अर्ब ६२ करोड ५१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको छ । यस अवधिसम्म कम्पनीको सञ्चालन खर्च ४८.७६ प्रतिशतले बढेर ५ करोड ६८ लाख रुपैयाँ पु्गेको छ । 

गत आवको अन्त्यसम्म कम्पनीको चुक्तापूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा २२ करोड ९३ लाख रुपैयाँ संचित रहेको छ । साथै कम्पनीको रिटेन्ड अर्निङ ९.२५ प्रतिशत घटेर ३ करो ६६ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको इपीएस ८.०७ रुपैयाँ घटेर १५.३७ रुपैयाँ, नेटवर्थ २३९.१२ रुपैयाँ रहेको छ भने गत आवसम्म कम्पनीको पोलिसी संख्या १ लाख ५३ हजार ७०४ रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.