IME remit
  • बिहीबार, श्रावण २९,२०८२ 12:11:07
IME remit
Global IME Bank Limited

शिवम् सिमेन्टको नाफा २०५% ले बढ्यो, आम्दानीमा पनि ६६% को सुधार

Hyundai Nepal
शिवम् सिमेन्टको नाफा २०५% ले बढ्यो, आम्दानीमा पनि ६६% को सुधार
Shivam Cement

काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २०५.८५ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  

यद्यपी कम्पनीले बिक्री आम्दानी पन ि६६.२९ प्रतिशतले बढेको छ । कम्पनीले बिक्रीमार्फत १ अर्ब ७२ करोड रुपैयाँ कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले बिक्रीमार्फत १ अर्ब ३ करोड रुपैयाँ कमाएको थियो ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

कम्पनीले यो अवधिमा १३ करोड ९४ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ । कम्पनीले कुल खर्च भने घटाउन सफल भएको छ । अघिल्लो आवसम्म ९५ करोड ६५ लाख रुपैयाँबराबरको खर्च गरेको कम्पनीले चालु आवसम्म ६४ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ ।  

५ अर्ब ४५ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीले सेयर प्रिमियम रिजर्भका लागि ९५ करोड ६२ लाख रुपैयाँ छुट्टाएको छ । यस्तै अन्य रिजर्भका लागि ३ अर्ब ८७ करोड रुपैयाँको व्यवस्था गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१४.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८५.५७ रुपैयाँ, प्रतिसेयरस कुल सम्पत्तिको मूल्य २०३.८७ रुपैयाँ र तरलता अनुपात १.८० प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.