काठमाण्डौ । कोशी प्रदेश बजेट विवादका कारण प्रदेशसभा बैठक फेरि स्थगित भएको छ।
सत्तारुढ र असन्तुष्ट सांसदहरूबीच बजेट विनियोजनमा सहमति नजुटेपछि आजका लागि तय गरिएको बैठक आगामी असार १८ गतेका लागि सारिएको हो।
सरकारको अनुरोधमा बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
बजेट असन्तुलित र एकलौटी ढंगले ल्याइएको भन्दै सत्तापक्ष र प्रतिपक्षका केही सांसदहरूले संशोधनको माग गर्दै आएका छन्।
मुख्यमन्त्री हिक्मतकुमार कार्की र असन्तुष्ट सांसदबीच छलफल भएपनि कुनै सहमति नजुटेपछि विवाद यथावत् रहेको छ।
असन्तुष्ट सांसदहरूले बजेटलाई पुनः सन्तुलित बनाएर अनुसूचीमा समावेश गरी विनियोजन विधेयककै अंग बनाउनुपर्ने अडान राखेका छन् भने सरकारले भने आवश्यक परामर्शपछि मात्र अघि बढ्ने बताएको छ।
हमति नजुटेपछि प्रदेशसभाको बैठक पटक–पटक स्थगित हुँदै आएको छ।
विवाद समाधान नभए सदन चल्न नदिने चेतावनी असन्तुष्ट सांसदहरूले दिएका छन्।
यसैबीच बैठक स्थगित भएपछि राजनीतिक टिप्पणी र व्यंग्यसमेत सार्वजनिक भएका छन्।

