IME remit
  • बिहीबार, श्रावण २९,२०८२ 12:12:28
IME remit
Global IME Bank Limited

आम्दानीमा कमी आउदा सगरमाथा जलविद्युतको नाफा ४८% ले घट्यो

Hyundai Nepal
आम्दानीमा कमी आउदा सगरमाथा जलविद्युतको नाफा ४८% ले घट्यो
Shivam Cement

काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनीले २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म आर्जन गरेको यो नाफा अघिल्लो आवको तुलनामा ४८.८४ प्रतिशतले कम हो ।  

अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

कम्पनीको आम्दानीमा गिरावट आउदा नाफा प्रभावित बनेको हो । कम्पनीको आम्दानी ११.९४ प्रतिशतले घटेर १९ करोड ४४ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको प्रशासनिक खर्च ९८ लाख ५३ हजारबाट बढेर १ करोड २१ लाख रुपैयाँ पुगेको छ । यद्यपी वित्त खर्च भने १० करोड ७७ लाख रुपैयाँबाट घटेर ९ करोड ९४ लाख रुपैयाँमा सीमित बनेको छ ।  

यस्तै अघिल्लो आवमा १० करोड ६९ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ ७ करोड ७७ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको कुल चालु सम्पत्ति २२ करोड ६६ लाख र कुल चालु दायित्व ३८ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.२८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०६.६२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २१८.१८ रुपैयाँ र तरलता अनुपात ०.५८ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.