काठमाण्डौ । कृषिमा आधारित उद्योग व्यवसायको विकास र बिस्तारमा सहयोग गर्ने गरि काठमाण्डौमा एग्रो डेभलपमेन्ट फण्डको तयारी शुरु गरिएको छ। कृषि क्षेत्रको विकासबाट मात्र रोजगारी श्रृजना हुन सक्ने, आयात प्रतिस्थापन गर्न सकिने र नेपालीको जीवन स्तर सुधार गर्न सकिने निर्विवाद छ। राज्यले कृषिलाई प्राथमिकतामा राखे तापनि सहि उद्यमीले सहयोग पाउन सकेका छैनन्। बैंकको सावाँ किस्ता र ब्याजको बोझ तथा विशेषज्ञ सेवा नपाउँदा अधिकांश उद्योग व्यवसाय अहिले समस्यामा छन्।
यही अवस्थालाई बिचार गरि बीरगंज र काठमाण्डौका उद्यमी,व्यवसायी तथा बैंक र बीमा क्षेत्रका सफल ब्यक्तित्वहरू मिलेर ‘एग्रो डेभलपमेन्ट फण्ड लिमिटेड’ कम्पनीको स्थापना गरेका छन्। कम्पनीको मुख्य प्रवर्धकमा नेक्सजेन म्यानेजमेन्ट समूह, क्वेष्ट फर्मास्युटिकल्स समूह र कृषि उद्यमी शिवजी कलवार समूह तथा बैंक र बीमा विज्ञहरू रहेका छन्।कम्पनीमा नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटि सोलुसन्स लिमिटेडको सबै भन्दा बढि २३.३३ प्रतिशत लगानी रहेको छ।
पचास करोड अधिकृत पूँजी र तत्काल चुक्ता पूँजी दश करोड रहेको यो कम्पनी २०८२ असारमा कम्पनी रजिष्ट्रारमा दर्ता भईसकेको थियो। प्राईभेट ईक्विटिको कारोबार ईजाजतको लागि आवश्यक सबै प्रकृया पुर्याई श्रावणको दोश्रो साता नेपाल धितोपत्र बोर्डमा समेत पेश गरि सकिएको छ। पाँच सदस्यीय सञ्चालक समितिको अध्यक्षमा रमेश कुमार भट्टराई र सञ्चालकहरूमा बिजय बहादुर शाह, उमेश लाल श्रेष्ठ, श्रीचन्द्र भट्ट र प्रमोद कुमार साह रहेका छन्।