काठमाण्डौ । कामना सेवा विकास बैंकले काठमाण्डौ बुढानिलकण्ठस्थित लेमन ट्रि प्रिमियरसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १५ प्रतिशत तथा स्पा मा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
उक्त छुटसम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाण्डौ क्षेत्र प्रमुख केदारनाथ शर्मा र होटलका प्रमुख सञ्चालन अधिकृत यादव प्रसाद पाण्डेले हस्ताक्षर गरे ।