सोमबार, भाद्र ९,२०८२ 08:34:39
  • सोमबार, भाद्र ९,२०८२ 08:34:39
Global IME Bank Limited

नेपालमा ओप्पोको फोल्डेबल फोन ‘ओप्पो फाइन्ड एन५’ सार्वजनिक, मूल्य कति ?

Hyundai Nepal
नेपालमा ओप्पोको फोल्डेबल फोन ‘ओप्पो फाइन्ड एन५’ सार्वजनिक, मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । ओप्पोले नेपालमा आफ्नो फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन ‘ओप्पो फाइन्ड एन५’ सार्वजनिक गरेको छ । केवल ८.९३ मिमि पातलो र २२९ ग्रामतौल भएको ‘ओप्पो फाइन्ड एन५’विश्वकै सबभन्दा पातलो र हल्का बुक–स्टाइल फोल्डेबल फोन भएको कम्पनीको दाबी छ । 

यसमा ८.१२ इन्चको इनर डिस्प्ले छ, जुन यस श्रेणीकै सबैभन्दा ठूलो हो, र ५६०० एमएएचसिलिकन–कार्बन ब्याट्री छ, जसले फोल्डेबलमा अहिलेसम्मकै लामो ब्याट्री लाइफ दिने कम्पनीले जनाएको छ । यसमा ८० वाट सुपरभुक वायर चार्जिङ र ५० वाट एयरभुक वायरलेस चार्जिङ सुविधा पनि उपलब्ध छ। स्न्याप ड्रागन ८ एलाइट मोबाइल प्लेटफर्ममा आधारित यसले प्रयोगकर्तालाई उत्कृष्ट परफर्मेन्स अनुभव दिन्छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘ओप्पो फाइन्डएन ५’पहिलो फोल्डेबल हो जसले आईपीएक्स९ वाटर रेजिस्टेन्स प्राप्त गरेको छ। यसलाई अझ मजबुत बनाउन टाइटेनियम फ्लेक्सनहिंज प्रयोग गरिएको छ जसले उच्च स्तरको मजबुती सुनिश्चित गर्छ। यसमा पहिलो पटक ह्यासलब्लाड मास्टर क्यामेरा सिस्टम राखिएको छ, जसले प्रो–लेभल फोटोग्राफी र सिनेम्याटिक भिडियो सम्भव बनाउँछ। कलरओएस १५ मा आधारित यसमा कॉल समरी, डुअल–स्क्रिन इन्टरप्रिटर, एडिटिङ टुल्स र म्याक तथा आइओएस डिभाइसहरूसँग सिमलेस कनक्टिभिटी जस्ता फिचरहरू छन्। यो १६ जीबी राम + ५१२ जीबी स्टोरेज भर्सनमा रु. २,४९,९९९ मा उपलब्ध छ र शून्य प्रतिशत (०%) ईएमआई योजनासहित बिक्री सुरु भएको छ ।

डिजाइन र मजबुतीः

-८.९३ मिमि पातलो, २२९ ग्रामतौल, विश्वकै सबभन्दा हल्का फोल्डेबल

-आईपीएक्स९ वाटर रेजिस्टेन्स सहित पहिलो फोल्डेबल

-आर्मर सिल्ड आर्किटेक्चर मार्फत ३०% बढी मजबुती र २०% बढी ड्रप प्रोटेक्शन

-टाइटेनियम फ्लेक्सनहिंज – २६% सानो तर ३६% बढी मजबूत, टीयूभी राईनल्याण्ड प्रमाणित

डिस्प्लेः

-८.१२ इन्चइनर डिस्प्ले, फोल्डेबल श्रेणीमै ठूलो

-६.६२ इन्च कभर डिस्प्ले

-१२० हट्र्ज एडेप्टिभ रिफ्रेस रेट र अधिकतम २००० निट्स एचडीआर ब्राइटनेस

-टीयूभी राईनल्याण्ड मिनिमाइज्ड क्रीज प्रमाणित

-ओप्पो पेन् सपोर्ट

ब्याट्री र परफर्मेन्सः

-५६०० एमएएचसिलिकन–कार्बन ब्याट्री, फोल्डेबलमाअहिलेसम्मकै लामो ब्याट्री लाइफ

-८० वाट सुपरभुक वायर चार्जिङ र ५० वाट एयरभुक वायरलेस चार्जिङ

-स्न्यापड्रागन ८ एलाइट मोबाइलप्लेटफर्म आधारित उच्चकार्यक्षमता

-हार्डवेयर–लेभल सेक्युरिटी चिपमार्फत डेटा प्रोटेक्शन

ह्यासलब्लाडक्यामेरा सिस्टमः

-वाइड, अल्ट्रा–वाइड, जुम र पेरिस्कोप लेन्स सहित

-टेलिफोटो म्याक्रो क्याप्चर, नजिकै १० से.मी. सम्मको सब्जेक्ट फोकस गर्ने क्षमता

-ह्यासलब्लाड पोट्र्रेट मोड र रअ क्याप्चर

-ह्यासलब्लाड मास्टर मोड मार्फत प्रो–लेभल कन्ट्रोल

-डोल्बीभिजन एचडीआर भिडियो रेकर्डिङ फोर के÷६० एफपीएस मा

कलरओएस १५ का स्मार्ट फिचरहरूः

-कॉल समरीः ट्रान्स्क्रिप्ट र एक्शनपोइन्ट तयार गर्ने सुविधा

-डुअल–स्क्रिन इन्टरप्रिटरः रियल–टाइम ट्रान्सलेसन

-फोटो एडिटिङ टुल्सः अब्जेक्ट हटाउने, धमिलो फोटो फिक्स गर्ने, स्पष्टता बढाउने

-बाउन्डलेस भ्यु र स्प्लिट–स्क्रिन मल्टिटास्किङ

-ओ+ कनेक्ट र टच टु सेयर मार्फत म्याक र आइओएसमाक्रस–डिभाइस कनक्टिभिटी

मूल्य र उपलब्धताः

‘ओप्पो फाइन्ड एन५’हालै नेपालमाउपलब्ध छ। १६ जीबी र्याम + ५१२ जीबी स्टोरेज भर्सनको मूल्य रु. २,४९,९९९ निर्धारण गरिएको छ। ग्राहकहरूले शून्यप्रतिशत (०%) ईएमआई योजनाअन्तर्गत ४०% डाउन पेमेंट र १२ महिना किस्ता सुविधा प्रयोग गर्न सक्नेछन्।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.