बुधबार, भाद्र ११,२०८२ 05:36:09
  • बुधबार, भाद्र ११,२०८२ 05:36:09
Global IME Bank Limited

फोनमा यस्तो जिमेल नोटिफकेशन आईरहेको छ भने बन्नुपर्छ सर्तक, चोरी हुनसक्छ पासवर्ड

Hyundai Nepal
फोनमा यस्तो जिमेल नोटिफकेशन आईरहेको छ भने बन्नुपर्छ सर्तक, चोरी हुनसक्छ पासवर्ड
Shivam Cement

काठमाण्डौ ।आजकल, इमेल र म्यासेज खोल्नु अघि, सबैलाई साइबर आक्रमणको सिकार हुनु पर्छ कि भन्ने डर हुन्छ। आजभोलि फोनमा एक सूचना आउन सक्छ, जसको माध्यमबाट ह्याकरहरूले तपाईंको महत्त्वपूर्ण जानकारी चोर्न सक्छन्।

ह्याकरहरूले गुगल सेक्युरिटीको नाममा मानिसहरूलाई नक्कली इमेलहरू पठाइरहेका छन्। यो इमेल मार्फत उनीहरूले मानिसहरूको पासवर्ड चोर्न खोजिरहेका छन्। मानिसहरूले‘अर्जेन्ट सेक्युरिटी’भन्ने सूचनाहरू प्राप्त गरिरहेका छन्। यो सूचना पछि, उनीहरूलाई गुगल अकाउन्टबारे जानकारी सोधिन्छ। यसरी ह्याकरहरूले मानिसहरूलाई आफ्नो ठगीको सिकार बनाउँदैछन्।  

जीमेल प्रयोगकर्ताहरूलाई आधिकारिक सुरक्षा अलर्ट पठाइँदैछ। यो मानिसहरुलाई धोका दिने नयाँ तरिका हो। ह्याकरले विश्वभरका २.५ बिलियन जीमेल प्रयोगकर्ताहलाई निशाना बनाएका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गुगलका अनुसार ३६ प्रतिशत प्रयोगकर्ताले मात्रै समय समयमा आफ्नो पासवर्ड अपडेट गर्छन्। ह्याकरहरूले यसको फाइदा उठाउँछन् र सजिलैसँग ती व्यक्तिहरूलाई लक्षित गर्छन् जसले आफ्नो पासवर्ड अपडेट गर्दैनन्। समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार आक्रमणकारीहरूले गुगलको सुरक्षामा मानिसहरूको विश्वासको फाइदा उठाउँछन्। तिनीहरूले नक्कली अलर्ट पठाउँछन्। यी अलर्टहरूमा ह्याकरले अकाउन्टमा केहि गलत गतिविधि भईरहेको बताउछन् ।  

यी सन्देशहरूमा उनीहरूले मानिसहरूलाई आफ्नो खाता तुरुन्त सुरक्षित गर्न आग्रह गर्छन्। यसका लागि प्रयोगकर्ताहरूलाई लिङ्कमा क्लिक गर्न भनिएको हुन्छ। यो लिङ्क नक्कली वेबसाइटमा जान्छ। यो वेबसाइट मानिसहरूको जानकारी चोर्न वा तिनीहरूको कम्प्युटरमा भाइरस राख्नको लागि सिर्जना गरिएको हुन्छ ।  

कसरी बच्ने ?

१.कुनै पनि अज्ञात लिङ्कमा कहिल्यै क्लिक नगर्नुहोस्। फिसिङ लिङ्कहरूले तपाईंलाई सधैं नक्कली लगइन पृष्ठहरू र खतरनाक वेबसाइटहरूमा लैजान्छ।

२. कुनै पनि सुरक्षा समस्याहरू जाँच गर्ने सबैभन्दा राम्रो र सुरक्षित तरिका भनेको नयाँ ब्राउजर ट्याब खोल्नु र सिधै आफ्नो गूगल खातामा जानु हो। अब सुरक्षा खण्डमा जानुहोस् र आफ्नो सबै गतिविधिहरू हेर्नुहोस्।

३. तपाईंले कुनै पनि इमेलमा कुनै पनि लिङ्कमा क्लिक गर्नु अघि इमेल पठाउनेलाई पहिचान गर्नुपर्छ। यसरी ई मेल पठाउनेको इमेल एड्रेस हेर्नुपर्छ ।  

४. यदि तपाईंले त्यस्तो कुनै सन्देश प्राप्त गर्नुभयो भने, गूगलको फिसिङ रिपोर्टिङ उपकरण मार्फत रिपोर्ट गर्नुहोस्।

५.आफ्नो गूगल खाता सुरक्षित बनाउनको लागि, सधैं दुई–कारक प्रमाणीकरण सक्रिय राख्नुहोस्। यसले तपाईंको खातामा लग इन गर्न पासवर्डको साथ अर्को कोड चाहिन्छ।

६.यदि तपाईं संयोगवश ठगीहरूको पासोमा पर्नुभयो भने, तपाईंको डेटा चोरी हुन सक्छ वा तपाईंको आईडी पनि चोरी हुन सक्छ।

७.साइट वास्तविक वा नक्कली हो कि भनेर निश्चित नभएसम्म आफ्नो पासवर्ड वा कुनै पनि व्यक्तिगत जानकारी प्रविष्ट नगर्नुहोस्।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.