काठमाण्डौ , चालु आवको पहिलो महिनामा घरजग्गा कारोबार सुस्ताएको छ । साउन महिनामा देशभरका १३५ मालपोत कार्यालयबाट १ लाख ४ हजार २ सय १८ वटा घरजग्गा कारोबार भएको छ । यी कारोबारबाट सरकारले कुल ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ रुपैयाँ राजश्व संकलन गरेको छ ।
अघिल्लो आवको साउन महिनामा भने सरकारले १ लाख २७ हजार २०६ वटा घरजग्गा कारोबारबाट ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार ८८५ रुपैयाँ राजश्व संकलन गरेको थियो।
यसरी साउन महिनामा घरजग्गा कारोबारमा गिरावट आउदा सरकारले संकलन गर्ने राजश्व ५५ करोडले घटेको छ।
गत साउन महिनामा सबैभन्दा धेरै कारोबार झापाबाट भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाबाट ४ हजार ९४ वटा घरजगा कारोबार भएको छ । यस्तै इनरुवा, सुनसरीबाट ४ हजार ६४, भूमिसुधार तथा मालपोत भक्तपुरबाट ३ हजार १५, भूमिसुधार तथा मालपोत लगनखेल, ललितपुरबाट २ हजार ९९१ र काठमाण्डौबाटका ६ वटा मालपोतबाट ७ हजार ४ सय ८० वटा कारोबार भएका छन्।