सोमबार, भाद्र १६,२०८२ 11:33:07
  • सोमबार, भाद्र १६,२०८२ 11:33:07
Global IME Bank Limited

एलपी ग्यास उद्योग संघको अध्यक्षमा दिवानचन्द

Hyundai Nepal
एलपी ग्यास उद्योग संघको अध्यक्षमा दिवानचन्द
Shivam Cement

काठमाण्डौ । नेपाल एलपी ग्यास उद्योगसंघको अध्यक्षमा दिवानचन्द निर्वाचित भएका छन्। आइतबार पोखरामा भएको संघको ३० औं वार्षिक साधारण सभा एवं १२ औं अधिवेशनमा हिमालयन पेट्रो केमिकल्स प्रालिका सञ्चालक समेत रहेका चन्दले ३३ मत प्राप्त गर्दै अध्यक्षमा चयन भएका हुन्।

संघको अध्यक्ष बाहेकका पदमा भने सर्वसम्मत पदाधिकारी तथा कार्यसमिति सदस्यहरु चयन भएका छन्।अध्यक्ष पदका लागि भएको निर्वाचनमा निर्वाचित दिवानचन्दका निकटतम प्रतिस्पर्धी उग्रचण्डी ग्यासका सञ्चालक कृष्णभक्त श्रेष्ठले १७ मतमात्र प्राप्त गरेका थिए।

संघमा कुल ५७ उद्योग सदस्य रहेकोमा मतदानमा भने ५० मतदाताले मात्र सहभागिता जनाएका थिए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

संघको १४ सदस्यीय कार्यसमितिको निवर्तमान अध्यक्षमा शिवप्रसाद घिमिरे, वरिष्ठ उपाध्यक्षमा बाबा ग्यास प्रालिका सुरेन्द्रराज पौडेल, उपाध्यक्षमा गृहलक्ष्मी ग्यास प्रालिका धर्मराज बर्तौला, कावसनस इन्डट्रिजका आषिश अग्रवाल (जाजो दिया), निर्वाचित भएका छन्।

त्यसैगरि, महासचिवमा चण्डेश्वरी ग्यास कम्पनी प्रालिका अमित अग्रवाल, कोषाध्यक्षमा श्रीरामग्यास उद्योग प्रालिका आयुष नेपाल, सचिवमा प्रिमा ग्यास उद्योग प्रालिका सुदिप घिमिरे, सदस्यमा भेरी ग्यास उद्योग प्रालिका सुनिल सिन्हा, सहारा ग्यास उद्योग प्रालिका लोक हर्ष शाक्य, लुम्बिनी ग्यास उद्योग प्रालिका बिमल कालाखेती, सिता श्रीग्यास उद्योग प्रालिका राजेन्द्र प्रसाद दंगाल, नोवेल ग्यास उद्योग प्रालिका विमला सुवेदी ढुङ्गाना र पञ्चमहालक्ष्मी इण्डष्ट्रिजका मनिष कुमार जोशी निर्वाचित भएका छन्।  

नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण र पदस्थापना लगायतका कार्यक्रम काठमाण्डौमा हुने संघका निवर्तमान अध्यक्ष घिमिरेले जानकारी दिए।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.