मंगलवार, असार ९,२०८३ 07:26:25
Bizshala
  • मंगलवार, असार ९,२०८३ 07:26:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्राउण्ड जिरोः लगानीकर्ता माझ शिवमको चर्चा,अर्थमन्त्रीबाट सुधारको प्रतिक्षा

Laxmi Sunrise Bank Limited
ग्राउण्ड जिरोः लगानीकर्ता माझ शिवमको चर्चा,अर्थमन्त्रीबाट सुधारको प्रतिक्षा

काठमाण्डौ । नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिने क्रममा आज पनि हामी विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताको मनस्थिती बुझ्ने प्रयास गरेका छौं । यसै क्रममा आज हामी अनामनगर आसपासका  विभिन्न ब्रोकर हाउसहरुमा पुगेका थियौ । सर्वप्रथम हामी अनामनगरमा रहेको दीप शिखा धितोपत्र कारोबार कम्पनी (स्टक ब्रोकर नम्बर ३८) मा पुग्यौं । ब्रोकर हाउसमा लगानीकर्ताहरुको उपस्थिती सामान्य थियो । बजार खुले देखि नै घटिरहेको थियो । यसै विषयलाई जोड्दै एक लगानीकर्ताले ठट्यौली पारामा भने,‘मलाई त ब्रोकर हाउस छिर्ने बेलामा हाच्छ्यु आएको थियो । बजार बढ्दैन जस्तो लागेको थियो । त्यस्तै होला जस्तो छ ।’  

ढाका टोपी लगाएका उमेर ढल्केका एक लगानीकर्ताले भने उनलाई डाढस दिदै भने,‘घरबाट हिंड्दा भए त हो । ब्रोकर हाउस  आए पछि त केही फरक पर्दैन ।’ उनले प्रसंग बदल्दै भने ,‘ख्वै के भएको हो ? मैले त गत साता ३ वटा कम्पनीको सेयर किनेको घटेको घट्यै छ । यो बजारमा किने पछि घट्छ । बेचे पछि बढ्छ । अचम्म छ बा ।’

यसै ब्रोकरमा भेटिएका क्याप र कोट पाइन्टमा चिटिक्क सजिएका एक लगानीकर्ताले शिवम् सिमेन्टको राम्रै चर्चा गरे । ‘ यो शिवम् सिमेन्ट त फेरी संस्थापकले किनेका छन् है साथीहरु बजारमा राम्रै हल्ला छ ।’ उनले भने । लगानीकर्ता भित्ताको स्क्रिनमा नजर डुलाउँदै बजारको यथास्थिती नियाल्न व्यवस्थ थिए ।  

यसै ब्रोकरमा एउटा कुनामा श्रीमान श्रीमती बसेर सेयरको फाराम भर्दै थिए । यत्तिकैमा श्रीमानले भने,‘यो सेयर बजारले त मान्छेलाई साह्रै पीडा दिन्छ भन्छन् । हामी पनि बजार छिर्न त छिरियो । तर के हुने हो ?’ श्रीमतीले जबाफ दिंदै भनिन् ‘ठिक्क मात्रामा आफ्नो पैसामा मात्रै चल्यो भने समस्या हुँदैन । क्षमता भन्दा ठूलो कर्जा लिएमा हो अप्ठ्योरो पर्ने । हाम्रो त पसल पनि छ नआत्तिनुस ।’ श्रीमानले फेरी भने त्यस्तो भने जस्तो कहाँ हुँन्छ र ? यहाँ लागे पछि कारोबारको लिमिट नै हुँदैन भन्छन साथीहरु ।’  

New Office
CG Motors
Garima Development Bank

केही समय त्यहाँ व्यतित गरेपछि हामी अनामनगरमा नै रहेको भोले गणेश सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ६१) मा पुग्यौं । यसबेला सम्म दिनको १२ बजिसकेको थियो । बजार सामान्य अंकले घटेको थियो । यस ब्रोकरहाउसमा लगानीकर्ताहरुको उपस्थिति सामान्य थियो । यहाँ भेटिएका लगानीकर्ता पनि बजार प्रति धेरै आशाबादी देखिएनन् । भिडबाट एक लगानीकर्ताले मुख खोले,‘बजार माथि जान सकेको छैन । २ बजे पछि मात्रै थाहा होला बजारको वास्तविक अवस्था ।’  

त्यहाँ पनि केहि समय टहलिएपछि हामी अनामनगर मै रहेको आर्यतारा सेक्युरिटिज (स्टक ब्राकर नम्बर ५७) तर्फ लम्कियौं । यहाँ भने लगानीकर्ताको उपस्थिती बाक्लै थियो । यहाँ पनि लगानीकर्ताहरु माझ उत्पादन समूहको शिवम् र सोना कै चर्चा भईरहेको थियो । अग्र पंक्तिबाट आवाज सुनियो,‘आज यी कम्पनीहरु किन चम्केका हुन ?’

उनी सँगै बसेका लगानीकर्ताले जवाफ दिएको सुनियो,‘अब सर्वोत्तम सिमेन्टको दोस्रो बजारमा कारोबारमा आउँदैछ । सर्वोत्तम सिमेन्ट बढ्दा अरु सिमेन्ट पनि बढ्छन भनेर होला ।’ उनले अघिल्लो पटक हिमालयर रि इन्स्योरेन्स बढ्दा, नेपाल रि – इन्स्योरेन्स पनि बढेको थियो दृष्टान्त दिदै आफ्नो भनाईलाई पुष्टि गर्ने प्रयास गरे । यही हो कारण यत्ति बुझ्नुहोस । यहाँ भन्दा बढी फण्डा यी कम्पनीहरुमा छ जस्तो लाग्दैन मलाई ।’उलने भने ।  

यतिकैमा ब्रोकर सञ्चालक पनि लगानीकर्ताहरु सँग जोडिन टुप्लुक्क आइपुगे । उनले आफ्नो विचार यसरी व्यक्त गरे,‘लगानीकर्ताहरु अर्थमन्त्रीको कार्यको प्रतिक्षामा छन् । आजसम्म कुरा मात्रै भए,अब लगानीकर्ता काम हेर्न चाहन्छन् । नीतिगत सुधार भए त बजार माथि नै जाने हो ।’  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.