काठमाण्डौ । राजधानीको गोंगबु टाउन प्लानिङस्थित विनोद श्रेष्ठको घरमा ठूलो परिमाणको नगद बरामद भएपछि प्रहरीले थप अनुसन्धान गर्दै सो घरबाट करिब ३ केजी सुनका गहना समेत फेला पारेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार बरामद गहनाको तौल हालसम्म करिब ३ केजी पुगेको छ भने अझै विवरण संकलन र तौल गर्ने कार्य जारी छ।
यसअघि प्रहरीले सो घरबाट ४ करोड रुपैयाँ नगद बरामद गरेको थियो। अवैध रकम र गहना राखेको आरोपमा गोरखा नगरपालिका–१ का ७६ वर्षीय विनोद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। हाल प्रहरी घटनाबारे थप अनुसन्धानमा रहेको छ।