Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नारायणी डेभलपमेन्ट बैंकको कमजोर वित्तीय अवस्था,घाटा २८४.०१% ले बढ्यो

Global IME Bank Limited
नारायणी डेभलपमेन्ट बैंकको कमजोर वित्तीय अवस्था,घाटा २८४.०१% ले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था कमजोर देखिएको छ । बैंकको घाटा २८४.०१ प्रतिशतले बढेको छ । बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको घाटा बढेको देखिएको हो ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म १६ करोड ६२ लाख रुपैयाँ रहेको बैंकको घाटा बढेर ६३ करोड ८६ लाख रुपैयाँ  पुगेको छ । यो अवधिमा बैंकको खूद कर्जा आम्दानी समेत घटेको छ । बैंकको खूद  कर्जा आम्दानीबापत २ करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म बैंकको खूद ब्याज आम्दानी ३ करोड १३ लाख रुपैयाँ थियो ।  

 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढेर ४ करोड ५६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ५३ लाख रुपैयाँ थियो ।  

बैंकको वितरणयोग्य मुनाफा ६ करोड ३८ लाख रुपैयाँले ऋणात्मक छ । बैंकको खराब कर्जा अनुपातमा व्यापक  वृद्धि देखिएको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात २७.७५ प्रतिशत रहेको छ । जुन गन आर्थिक वर्षको सोहि अवधिसम्म २.८३ प्रतिशत थियो ।    

बैंकको प्रतिसेयर आम्दानी २४.३३ रुपैयाँ ऋणात्मक छ । यस्तै मूल्य आम्दानी अनुपात पनि १७.०३ गुणा ऋणात्मक देखिएको छ । 

बैंकको प्रतिसेयर कुल सम्पत्तिको मूल्य २१६.८ रुपैयाँ,तरलता अनुपात २८.६५ प्रतिशत,प्रतिसेयर नेटवर्थ १५.४७ र पूँजीकोषको अनुपात ९.४६ प्रतिशत कायम भएको छ ।  


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.