बुधबार, असार १०,२०८३ 03:32:30
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:32:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टाटा मोटर्सको नयाँ शोरूम अब धनगढीमा

Laxmi Sunrise Bank Limited
टाटा मोटर्सको नयाँ शोरूम अब धनगढीमा

काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गरी जीएआरएस ट्रेडिंग कन्सर्नलाई आफ्नो नयाँ आधाकारिक डिलर चयन गर्दै धनगढीस्थित बोराडाँडीमा आफ्नो नयाँ शोरूम उद्घाटन गरेको छ।मंगलबार सम्पन्न उक्त उद्घाटन समारोहमा सिप्रदी ट्रेडिङ प्रालिका सिनियर डिलर म्यानेजर मेघराज ढुंगेल, जीएआरएस ट्रेडिंग कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।  

साथै, उक्त समारोहमा स्थानीय समुदाय, व्यवसायिक प्रतिनिधि र ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

New Office
CG Motors
Garima Development Bank

नयाँ शोरूममार्फत अब धनगढी मात्र नभई सुदूरपश्चिम क्षेत्र भरका ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू — टाटा टियागो ईभी, पञ्च ईभी, नेक्सन के ३ ईभी र कर्भ ईभी—सजिलै खरिद गर्न सक्नेछन्।

त्यस्तै, आईसीई मोडलहरूअन्तर्गत टाटाका टियागो, पंच, नेक्सन र सफारी पनि यस शोरूममार्फत उपलब्ध हुनेछन्।

जीएआरएस ट्रेडिंग कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले भने, ‘यो शोरूममार्फत हामी सुदूरपश्चिमका ग्राहकलाई टाटा मोटर्सका नवीनतम मोडलहरू नजिकबाट अनुभव गर्ने अवसर दिन पाउँदा गर्व महसुस गरेका छौं।’

त्यस्तै, सिप्रदी ट्रेडिङ प्रालिको डिलर सेल्स विभागका सिनियर म्यानेजर मेघराज ढुंगेलले भने, ‘धनगढी शोरूमको उद्घाटनले टाटा मोटर्सको सेवा सुदूरपश्चिमसम्म विस्तार भएको छ। हामी ग्राहकलाई अझ नजिकबाट सेवा दिन उत्साहित छौं।’

साथै, सोहि कार्यक्रममा टाटाको गाडी बुक गरेर बसेका ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.