काठमाण्डौ । एनआईबिएल म्युचुअल फण्ड र मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश घोषणा गरिएको छ । कोष व्यवस्थापक एनआईएमबि एस क्यापिटलको सञ्चालक समितिको भदौ १९ गते बैठकले एनआईबिएल ग्रोथ फण्ड, एनआईबिएल समृद्धि फण्ड–२ र मेगा म्युचुल फण्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड–१ का इकाईधनीहरुका लागि लाभांश घोषणा गरेको हो ।
जसअन्तर्गत एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरुले आर्थिक वर्ष २०८१/८२ का लागि १० प्रतिशत, एनआईबिएल समृद्धि फण्डका लागि ११.७५ प्रतिशत र मेगा म्युचुअल फण्ड–१ का इकाईधनीहरुले ७ प्रतिशत लाभांश पाउने भएका छन् ।
क्यापिटलले लाभांश वितरण प्रयोजनका लागि भदौ २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ २६ गतेसम्म नेप्सेको प्रणालीमा कारोबार भई कायम हुने इकाईधनीहरु मात्रै यी योजनाको लाभांशका लागि योग्य हुनेछन् ।