काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर र नेपाल हाइड्रो डेभलोपर्सको बोनस सेयर सूचीकृत भएको हो ।
कुथेली बुखरीको १० प्रतिशत दरको कुल १ लाख ३४ हजार ५४ कित्ता र नेपाल हाइड्रो डेभलोपर्सको ९ प्रतिशत दरको कुल ३ लाख ४९ हजार ३७७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
उक्त सूचीकृत बोनस सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

