काठमाण्डौ । जेनजीको आन्दोलनले उग्र रुप लिएपछि पोखरामा समेत निषेधाज्ञा आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको हो ।
प्रशासनको सूचनाअनुसार पोखरामा दिउँसो २ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा लगाइएको छ। त्यहाँ प्रदर्शनकारीले गण्डकीका मुख्यमन्त्रीको सरकारी निवासमा आगजनीको प्रयास गरेका थिए।
अन्य उच्च सरकारी निकायका उच्चपदस्थहरुको कार्यालय तथा निवासलाई समेत लक्षित गरी ढुंगामूडा हुन थालेपछि प्रहरीले अश्रूग्याँस प्रहार गरी प्रदर्शनकारीलाई रोक्न खोजेको थियो । तर, त्यो प्रयास सम्भव नभएपछि निषेधाज्ञा जारी भएको हो ।