बुधबार, फाल्गुन २०,२०८२ 02:34:34
Bizshala
  • बुधबार, फाल्गुन २०,२०८२ 02:34:34
Bizshala
Global IME Bank Limited

बानेश्वर प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या १३ पुग्यो

Hyundai Nepal
बानेश्वर प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या १३ पुग्यो
Shivam Cement

काठमाण्डौ । जेनजी पुस्ताको सरकारविरोधी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेहरुको संख्या १३ पुगेको छ ।  

विभिन्न अस्पतालहरुबाट प्राप्त जानकारीका आधारमा मृतकको संख्या १३ पुगेको देखिएको हो ।  

मिडियाहरुमा अपरान्ह ३ः४५ सम्म अस्पतालहरुबाट आएको अपडेटअनुसारको मृतकको संख्या १३ पुगेको हो, जुन अझै बढ्नसक्ने देखिएको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

अस्पतालहरुले स्वास्थ्य मन्त्रालयलाई समेत यो विषयमा अपडेट पठाएका छन् । मन्त्रालयस्थित स्रोतका अनुसार सबैभन्दा बढी ट्रमा सेन्टरमा ६ प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको छ । त्यसपछि बानेश्वर एभरेष्ट अस्पतालमा ३ जना, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

अस्पतालमा उपचाररत केही घाइतेको अवस्था अझै गम्भीर रहेको छ । यसकारण मृतकको संख्या अझै बढ्नसक्ने देखिएको छ ।  

गोली लागेर घाइते हुनेहरुको संख्या डेढसय हाराहारीमा रहेको बताइएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.