काठमाण्डौ । जेनजी पुस्ताको सरकारविरोधी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेहरुको संख्या १७ पुगेको छ ।
अस्पतालहरुले स्वास्थ्य मन्त्रालयलाई समेत यो विषयमा अपडेट पठाएका छन् । मन्त्रालयस्थित स्रोतका अनुसार सबैभन्दा बढी ट्रमा सेन्टरमा ९ प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको छ । त्यसपछि बानेश्वर एभरेष्ट अस्पतालमा ३ जना, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो ।
अस्पतालमा उपचाररत केही घाइतेको अवस्था अझै गम्भीर रहेको छ । यसकारण मृतकको संख्या अझै बढ्नसक्ने देखिएको छ ।
गोली लागेर घाइते हुनेहरुको संख्या डेढसय हाराहारीमा रहेको बताइएको छ ।