काठमाण्डौ । बानेश्वर क्षेत्रमा कफ्र्यू लागेपछि केही प्रदर्शनकारीहरु सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेको पार्टी कार्यालयमा पुगेका छन् ।
त्यहाँ प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध नाराबाजी गरिरहेका छन् ।
ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय पार्टी कार्यालय छेउमै(पुल पारि) जेनजीहरुले नाराबाजीलाई जारी राखेका छन् ।
पार्टी कार्यालयतर्फ अगाडि बढ्न खोजेका जेनजीलाई प्रहरीले च्यासलको पुलमै रोकिराखेको छ । प्रदर्शनकारीहरु पनि पुलमै धर्ना बसेर नारा घन्काइरहेका छन् । एमाले पार्टी कार्यालय आसपासको सुरक्षा व्यवस्था कडा पारिएको हाम्रा संवाददाताहरुले जनाएका छन् ।