बुधबार, श्रावण १३,२०८३ 04:10:06
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 04:10:06
Bizshala
Global IME Bank Limited

काठमाण्डौको चक्रपथ क्षेत्रभित्र अनिश्चितकालका लागि कर्फ्यु

काठमाण्डौको चक्रपथ क्षेत्रभित्र अनिश्चितकालका लागि कर्फ्यु
New Office

काठमाण्डौ । काठमाण्डौको चक्रपथ क्षेत्रभित्र कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अनिश्चितकालका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाउने निर्णय गरेको हो ।  

प्रशासनले जेनजी समूहको प्रदर्शन नियन्त्रण भन्दा बाहिर गएपछि सोमबार आज बिहान ५ बजेसम्मका लागि कर्फ्यु जारी गरेको थियो । उक्त अवधि समाप्त भएसँगै आज बिहान साढे ८ बजेदेखि पुनःकर्फ्यु लगाइएको हो ।

बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्याल काठमाण्डौले जनाएको छ ।  

कर्फ्यु अवधिभर सभा जुलुस गर्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न र अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक अन्यलाई आउजाउ गर्न बन्देज गरिएको छ । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.