बुधबार, श्रावण १३,२०८३ 11:17:18
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 11:17:18
Bizshala
Global IME Bank Limited

सर्वदलीय बैठकमा बालेनमाथि खनिए गगन थापा, भने, ‘यस्तो बेलामा पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने हो ?’

सर्वदलीय बैठकमा बालेनमाथि खनिए गगन थापा, भने, ‘यस्तो बेलामा पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने हो ?’
New Office

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो राजनीतिक र सामाजिक तनावको अवस्थामा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको भूमिकामाथि प्रश्न उठाउँदै सबै पक्षलाई संवादमा ल्याउन पहल गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा बोल्दै थापाले सुनसरी घटनापछि पनि सरकारले राजनीतिक दल, प्रदेश तथा स्थानीय तहसँग समन्वय गर्ने प्रभावकारी प्रयास नगरेको आरोप लगाए।

उनले बैठक आयोजना गरेको भन्दै रास्वपा सभापति लामिछानेलाई धन्यवाद दिए। तर सरकारको नेतृत्वले नै सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

‘सरकार अहिले के गरिरहेको छ ? सरकार कहाँ छ ? सरकार केवल गोली र लाठीमा देखिने र सामाजिक सञ्जालका अभिव्यक्तिमा सीमित हुने होइन,’ थापाले भने, ‘सरकार अभिभावक मात्र होइन, नेतृत्व गर्ने संस्था पनि हो। उसले अरूलाई विश्वास गर्न सक्नुपर्छ, त्यसपछि मात्र अरूले पनि सरकारलाई विश्वास गर्छन्।’

उनले थपे, ‘मधेसमा कुनै घटना भए त्यहाँ अत्याधिक बल प्रयोग गरिन्छ, विगतमा पनि गलत अहिले पनि गलत हो यस्तो कुरा,’ उनले भने, ‘यस्तो बेलामा पनि प्रधानमन्त्री भाउ खाएर बस्ने हो ? प्रधानमन्त्री ठालु भएर बस्ने हो सबैलाई जोड्ने प्रयास गर्नुपर्दैन ? प्रधानमन्त्रीले सबैलाई जोड्ने प्रयास गर्नुपर्छ भन्ने हामीलाई लाग्छ, गर्नुहोस्। हामी सरकारलाई सहयोग गर्न चाहन्छौं।’

थापाले संकटको अवस्थामा प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाएर राष्ट्रपतिसँग संवाद, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय र साझा समाधान खोज्ने पहल गर्नुपर्ने बताए।

‘भूकम्प र कोरोनाको समयमा पनि राजनीतिक मतभेद थिए, तर संकटको समयमा सबै दलका नेताहरू साझा प्रयासका लागि सिंहदरबार आएका थिए। यही नेपालको राजनीतिक संस्कार हो,’ उनले भने।

सभापति थापाले सुनसरीमा भएको घटनालाई गम्भीर रूपमा लिनुपर्ने र संसद्मा समेत यस विषयमा आवाज उठाइने बताए। उनले कुनै एक पक्षलाई मात्र दोष दिएर समस्या समाधान नहुने भन्दै राज्यको कार्यशैलीमाथि समीक्षा आवश्यक रहेको बताए।

उनले प्रधानमन्त्रीले निष्क्रिय भएर बस्न नहुने र सबै पक्षलाई जोड्ने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। ‘प्रधानमन्त्रीले सबैलाई जोड्ने प्रयास गर्नुपर्छ। हामी सरकारलाई सहयोग गर्न चाहन्छौं,’ उनले भने।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.