बुधबार, श्रावण १३,२०८३ 11:58:03
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 11:58:03
Bizshala
Global IME Bank Limited

सहज हायर पर्चेज कर्जाले अटो बजारको ग्राफ उकालो, १ खर्ब १३ अर्ब नाघ्यो कर्जा प्रवाह

सहज हायर पर्चेज कर्जाले अटो बजारको ग्राफ उकालो, १ खर्ब १३ अर्ब नाघ्यो कर्जा प्रवाह
New Office

–रविन ठकुरी

 

काठमाण्डौ । सवारीसाधनको खरिदमा प्रवाह गरिने हायर पर्चेज कर्जालाई सहज गरिदिँदा अटो बजारको व्यापार सुधारिएको छ । गाडी सोरुममा आउने ग्राहकको संख्यामा बृद्धि आएसँगै पहिलेको तुलनामा अहिले कारोबारमा कमी नआएको व्यवसायीले बताएका हुन् ।

हरेक गाडीको सोरुममा सञ्चालित डिस्काउन्ट अफरले यसको कारोबारमा सुधार ल्याउन मद्दत गरिरहेको छ । बैंक तथा वित्तीय संस्था नयाँ सवारीसाधनको खरिदप्रति थप लचिलो भइदिँदा अटो कारोबारमा कमी नआएको अटो व्यवसायी बताउँछन् ।

हेनरी भोल्ट्सको बिक्रीमा कमी छैन, सहज बैंक ऋणले बढायो आकर्षण

नेपालमा हेनरी भोल्ट्सको आधिकारिक वितरक एसक्युब इन्टरप्राइजेज प्रालिले चार पाङ्ग्रे अन्तर्गत मोडल–एच र मोडल सि–प्रो विक्री–वितरण गर्दै आएको छ । यी गाडीमा कम्पनीले विभिन्न डिस्काउन्ट अफर सञ्चालन गरिरहेको छ ।

हेनरी भोल्ट्स गाडीको बिक्री र यसलाई अवलोकन गर्न आउने ग्राहकको संख्या पनि उत्तिकै छ । विगतको तुलनामा अहिले यसको कारोरबारमा खासै कमी आएको छैन ।

‘६–७ महिनाअघि दैनिक १० देखि १२ जना ग्राहक सोरुममा आउँद्थ्यो । हाल यो संख्या ५ देखि १० जनामा सिमित बनेको छ । तर गाडी विक्री भने पहिले मासिक ६ देखि ७ वटा हुन्थ्यो । अहिले पनि गाडीको अनुपात उही छ । यसमा खासै कमी आएको छैन’, लाजिम्पाटको उत्तर ढोकास्थित हेनरी भोल्ट्स सोरुमका सेल्स म्यानेजर रोजन श्रेष्ठले भने ।

‘जति गाडी बिक्री भएका छन्, ती सबै बैंकको ऋणबाट भएका हुन् । बैंकबाट गाडी किन्नका लागि ऋण लिन सहज छ । यसले कारोबार बढाएको हो ।’, उनले भने ।

हेनरी भोल्ट्सको मोडल–एच र मोडल–सी प्रो विद्युतीय सवारीसधान (इभी) हुन् । हेनरी भोल्ट्सको मोडल–एचको बजार मूल्य २२ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीले यो गाडीको खरिदमा २ लाख ५५ हजार रुपैयाँ नगद छुट दिएको छ । यसमा दिएको नगद छुटपछि हेनरी भोल्ट्सको मोडल–एचको मूल्य १९ लाख ९५ हजार रुपैयाँ हुन्छ ।

त्यसैगरि, हेनरी भोल्ट्सको मोडल–सी प्रोको बजार मूल्य २६ लाख ५० हजार रुपैयाँ रहेको छ । हाल चलेको डिस्काउन्ट अफरले ३ लाख रुपैयाँ छुट दिएपछि यसको मूल्य २३ लाख ५० हजार रुपैयाँ हुन्छ ।

कम्पनीले एक वर्षको इन्स्योरेन्स निःशुल्क गरेको छ । कम्पनीले एक वर्षको रोड ट्याक्स ९सडक कररदस्तुर० र ओनरसिप ट्रान्सफर निःशुःल्क गरेको छ । २ वर्षका लागि फ्रि सर्भिसिङ्गको व्यवस्था पनि गरेको छ ।

‘कम्पनीले ग्राहकलाई दिएको विभिन्न डिस्काउन्ट अफरले यसको विक्रीमा कमी नआएको हो । पहिले र अहिलेको व्यापार उस्तै छ । यसमा खासै फरक छैन । बरु विक्रीमा केहि प्रतिशत बृद्धि आएको छ’, उनले भने ।

बैंक ऋण सहज बन्दै जाँदा इसुजु पिकअपको बिक्री स्थिर

नेपालका लागि इसुजु गाडीको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले पिकअप क्याब अन्तर्गत भि–क्रस, हाइल्याण्डर र एस–क्याब विक्री–वितरण गर्दै आएको छ । यी गाडी खरिद गर्ने खरिदकर्ता र यसको व्यापारमा कमी नआएको व्यवसायी बताउँछन् ।

‘इसुजुको गाडी खरिद गर्नका लागि दैनिक ४ देखि ५ ग्राहक अवलोकन गर्न आइरहेका छन् । यसको सेल्स राम्रो छ । ३–४ महिनाअघि मासिक १० देखि १२ वटा गाडी विक्री भइरहेका थिए । अहिले पनि मासिक उही १० देखि १२ वटा गाडी विक्री भइरहेका छन् । अघिल्लो वर्षभन्दा अहिले व्यापारमा केही सुधार छ ’, लाजिम्पाटको उत्तर ढोकास्थित इसुजु सोरुमका विजनेस हेड सुशील राज भारतीले भने ।

‘अहिले बैंकको सहज लोनले गर्दा सेल्स इम्प्रुभ भएको हो । अटो बजारमा बैंकको सर्पोट ९सहयोग० नै व्यापार बढ्नुको मुख्य कारण हो । हाम्रो व्यापार पहिले पनि राम्रो थियो, अहिले पनि राम्रो नै छ । कारोबारमा खासै फरक छैन’, उनले भने ।

इसुजुले आफ्नो खरिद–विक्री बढाउन डिस्काउन्ट अफर पनि सञ्चालन गरिरहेको छ । इसुजुको भि–क्रस मोडलमा न्युनतम २ लाख रुपैयाँको नगद छुट दिएको छ । ७८ लाख ९० हजार रुपैयाँ बजार मूल्य रहेको भि–क्रसमा उक्त डिस्काउन्ट अफर दिइएको हो ।

इसुजुको हाइल्याण्डर मोडलको बजार मूल्य ६४ लाख ९० हजार रुपैयाँ रहेको छ । यस गाडीमा सुरुवाती नगद डिस्काउन्ट २ लाख रुपैयाँ रहेको छ । एस–क्याव मोडलको बजार मूल्य ४६ लाख ९० हजार रुपैयाँ रहेको छ । यसमा न्युनतम नगद डिस्काउन्ट २ लाख रुपैयाँ रहेको छ ।

डिस्काउन्ट अफरसँगै अन्य अफरहरु पनि यस गाडीमा सञ्चालन गरिएको छ । इसुजुको यी मोडलका गाडीमा एक वर्षका लागि निःशुल्क इन्स्योरेन्स छुट दिएको छ । एक्स्चेन्ज अफर अन्तर्गत आउने गाडीलाई बजारको मूल्यभन्दा बढी रिसेल भ्यालू दिइरहेको छ ।

आईकार, ओमोडा र जेकुको बिक्रीमा असर छैन, मासिक ५० भन्दा बढी गाडी बिक्री

नेपालका लागि आईकार, ओमोडा र जेकु गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा।लि।ले आमोडा इ ५ प्रो, आईकार, जेकु जे ६ टि र जेकु जे ५ विक्री–वितरण गरिरहेको छ । यी ब्राण्डका गाडी खरिद गर्नका लागि सोरुममा आगन्तुकको संख्या पनि पहिले जतिनै छ । यसको विक्री पनि पहिलेको जस्तै छ ।

‘३–४ महिनाअघि सोरुममा दैनिक ७ देखि ८ जना अवलोकनकर्ता गाडी बुझ्नलाई आउँद्थ्यो । अहिले पनि उही ७ देखि ८ जना नै आइरहेका छन् । ३–४ महिना अघि मासिक ५० भन्दा बढी गाडी बिक्री हुन्थ्यो । अहिले विक्रीको संख्या उस्तै ५० भन्दा बढी नै छ । कारोबारमा खासै कमी आएको छैन’, लाजिम्पाटको उत्तर ढोकास्थित आईकार सोरुमका एसिसटेन्ट म्यानेजर कुमार थपालियाले भने ।

‘यहाँबाट गएका गाडी सबै बैंक ऋणमा गएका हुन् । बैंकको ऋण प्रवाह अटो क्षेत्रमा सकारात्मक भएकाले सेल्स ९कारोबार० नघटेको हो’, उनले भने ।

ओमोडा इ ५ प्रो सिङ्गल टोनको बजार मूल्य ५१ लाख ५९ हजार रुपैयाँ रहेको छ । यसैको डियुल टोनको बजार मूल्य ५१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

आईकारको बजार मूल्य ५० लाख ९९ हजार रुपैयाँ रहेको छ । जेकु जे ६ टि को बजार मूल्य ६९ लाख ९९ हजार रुपैयाँ रहेको छ । जेकु जे ५ को बजार मूल्य ५६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

‘हाम्रो गाडीको विक्रीको अवस्था पहिले र अहिले उस्तै छ । खासै फरक छैन । बरु कारोबारमा पहिलेभन्दा अहिले केहि सुधार आएको छ’, उनले भने ।

वाणिज्य बैंकको हायर पर्चेज कर्जा १ खर्ब १३ अर्ब नाघ्यो

बैंक तथा वित्तीय संस्थाले नयाँ सवारीसाधन खरिद गर्नका लागि हायर पर्चेज कर्जा प्रवाह गर्दै आएको छ । उनीहरुले यस्तो प्रकृतिको कर्जा हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीबाट प्रवाह गर्दै आएका हुन् ।

२०८३ जेठ महिनाको अन्त्यसम्म नेपाल बैंक लिमिटेडले २ अर्ब ४३ करोड ९० लाख रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेको छ । राष्ट्रिय वाणिजय बैंकले ११ अर्ब ३३ करोड १० लाख, हिमालयन बैंक लिमिटेडले ९ अर्ब २० करोड ९० लाख, एभरेष्ट बैंक लिमिटेडले १० अर्ब ५७ करोड ६० लाख, सिद्धार्थ बैंक लिमिटेडले ४ अर्ब ६४ करोड १० लाख रुपैयाँको हायर पर्चेज कर्जा प्रवाह भएको छ ।

त्यसैगरि, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब ९५ करोड ८० लाख, स्ट्याण्डर्ड चार्टड बैंकले ९३ करोड ६० लाख, नेपाल एस।वि।आई। बैंकले ४ अर्ब ३ करोड २० लाख, एनआइसि बैंकले १ अर्ब ४८ करोड ८० लाख, कुमारी बैंकले ३ अर्ब १३ करोड ९० लाख र कृषि विकास बैंक नेपाल लिमिटेडले ६ अर्ब ५१ करोड ७० लाख रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेका हुन् ।

साथै, ग्लोबल बैंकले १५ अर्ब ६६ करोड, प्राइम बैंकले ६ अर्ब ४१ करोड ४० लाख, प्रभु बैंकले ५ अर्ब ३९ करोड १० लाख, महालक्ष्मी बैंकले १ अर्ब ४ करोड ४० लाख, सिटिजन्स बैंकले ४ अर्ब ८७ करोड ८० लाख, एन।एम।बी। बैंकले ६ अर्ब ९८ करोड ४० लाख र सानिमा बैंकले ६ अर्ब ६२ करोड ७० लाख रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेका हुन् ।

नेपालका वाणिज्य बैंकहरुले २०८३ जेठ महिनाको अन्त्यसम्म १ खर्ब १३ अर्ब ७८ करोड १० लाख रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेका छन् । विकास बैंक, वित्त कम्पनी र लघुवित्तले पनि वाणिज्य बैंक जस्तै गरि हायर पर्चेज कर्जा प्रवाह गरेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.