काठमाण्डौ । आजपनि काठमाण्डौको नयाँ बानेश्वरस्थित संसद भवन अघि युवाहरु भेला हुन थालेका छन् । युवाहरुको समूह बिहानैदेखि भेला भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।
सोमबार भएको जेनजी समूहको विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो । भ्रष्ट्राचार र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति उनीहरु विरोधमा उत्रिएका थिए ।
उता जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आज बिहान साढे ८ बजेदेखि चक्रपथ भित्र अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यु अवधिभर सभा जुलुस गर्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न र अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक अन्यलाई आउजाउ गर्न बन्देज गरिएको छ ।