महोत्तरी । जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदीबन्दी भागेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार, मंगलबार साँझ ७ बजे पाँच सयभन्दा बढी प्रदर्शनकारी र कारागारभित्र रहेका कैदीहरूले एकसाथ पर्खाल भत्काउँदा स्थिति नियन्त्रणबाहिर गएको हो।
"बाहिरबाट आएका आन्दोलनकारीहरूले भाटा र भित्रका कैदीहरूले खाना बनाउन प्रयोग हुने चिर्पट बोकेर आक्रमण गरेपछि प्रहरीले कुनै प्रतिकार गर्न सकेन," शर्माले बताए।
जलेश्वरमा अहिले तनावपूर्ण वातावरण छ। सुरक्षा निकायहरूको आकस्मिक बैठक बसिरहेको छ। यस्तै, जिल्ला प्रशासन कार्यालयले मंगलबार साँझ ६:४० बजेदेखि बुधबार बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।