काठमाण्डौ । महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटमा भएको लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन्।
देशभर नेपाली सेना र अन्य सुरक्षा निकायहरू परिचालन भएसँगै आज बिहान १० बजेदेखि १ बजेसम्म विभिन्न ठाउँमा तोडफोड र चोरीमा संलग्न व्यक्तिहरूलाई धमाधम पक्राउ गरिएको छ।
डिल्लीबजार नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौजलाई देखेपछि भाग्दा छोडेका २ लाख ३२ हजार ५०० नेपाली रूपैयाँ र २,५०० अमेरिकी डलर बरामद भएको सेनाले जनाएको छ।
त्यस्तै, सुरक्षाकर्मीबाट लुटिएका थप १ नाल हतियारसहित हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको छ।