बुधबार, भाद्र २५,२०८२ 08:59:18
  • बुधबार, भाद्र २५,२०८२ 08:59:18
Global IME Bank Limited

एउटै वार्ता टोली बनाउन सकेनन् जेनजीले, अन्तरिम सरकार प्रमुख र्‍याण्डम नेपाली वा सुशीला कार्कीलाई बनाउनुपर्ने मत

Hyundai Nepal
एउटै वार्ता टोली बनाउन सकेनन् जेनजीले, अन्तरिम सरकार प्रमुख र्‍याण्डम नेपाली वा सुशीला कार्कीलाई बनाउनुपर्ने मत

काठमाण्डौ । जेनजीले नेपाली सेनासँग निर्णायक वार्तामा बस्नका लागि एउटै वार्ता टोली बनाउन, अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय टुंग्याउन र जेनजीको नेतृत्व कसले गर्ने भन्ने विषयमा निश्कर्ष निकाल्न नसकेपछि अन्यौल बढेको छ ।  

जेनजी नामको आन्दोलनमा सहभागी दर्जनौ समूहहरुले आफूहरु आधिकारिक समूह भएको दाबी गर्दै नेपाली सेनासम्म छलफलका लागि प्रस्तावहरु पुर्याएका छन् । यो क्रममा केही समूहको संयोजनमा देशभरका जेनजीहरुलाई समेटेर भर्चुअल बैठक पनि भएका छन् । तर ती बैठकबाट समेत जेनजीहरुको माग र त्यसलाई टुंगोमा पुर्याउने नेतृत्वको विषयमा कुनै छिनोफानो भएको छैन । जसका कारण नेपाली सेनाले पनि छुट्टा छुट्टै रुपमा वार्ता गर्न पुगेका जेनजी प्रतिनिधिलाई मिलेर आउन र केही दलको नामै तोकेर तिनीहरुका प्रतिनिधि पनि समेटेर आउनु भन्ने निर्देशन दिएको विषय बाहिरिएपछि अन्यौल थप बढेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आफूलाई जेनजी तर्फबाट एक वार्ताकार बताउने रक्षा बमले सामाजिक सञ्जालमा एक स्टाटस सार्वजनिक गर्दै नेपाली सेनाका प्रमुखले यो आन्दोलनका स्टेकहोल्डर दुर्गा प्रसाईं र रवि लामिछाने पनि हुन्, उनीहरुसँग पनि वार्ता गरेर आउनु भनेपछि कुरा नमिलेको विषय सार्वजनिक गरेकी छिन् । यो विषयले राजनीतिमा नयाँ तरंग पैदा गरिदिएको छ । सेनापतिसँगको छलफलमा राप्रपाको कुरा समेत उठेकोले कतै अहिलेको लोकतान्त्रिक व्यवस्था नै खतरामा पार्न खोजिएको त होइन भन्ने सशंय उठेको चर्चा व्यापक बनेको छ ।  

अन्य जेनजीहरुले भने आफ्नो नेतृत्व छान्ने काम भइरहेको र अजेण्डाहरु समेत तय भइरहेको बताएका छन् ।  

अन्तरिम सरकार प्रमुखको विषयमा मत सर्वेक्षण

यसैबीच, जेनजी समूहले अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा समेत सर्वेक्षण गरेका छन् । जसमा सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको पक्षमा निकै राम्रो मत प्राप्त भएको छ । 

यस्तै, उच्च अदालतका एक वकिल तिमिल्सिना थरका र्‍याण्डम नेपाली भनेर चिनाउनेको पक्षमा भने सुशीला कार्कीको भन्दा पनि बढी मत आएको छ । ३७ प्रतिशत जेनजीले र्याण्डम नेपाली(राष्टविमोचन तिमिल्सिना)लाई अन्तरिम सरकारको नेतृत्व दिनुपर्ने बताएका छन् भने ३४ प्रतिशतले सुशीला कार्कीलाई ।  

हर्क साम्पांगको पक्षमा ६ प्रतिशत, सागर ढकालको पक्षमा १४ प्रतिशत, महावीर पुनको पक्षमा ४ प्रतिशतले मत खसालेका छन् ।  

यो प्रक्रियामा ७ हजार ७११ जेनजीहरुले मत हालेका थिए ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.